कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

दाहाल-मोदी वार्ता : विगतका सहमति कार्यान्वयनमा तीव्रता दिइने

जेष्ठ २८, २०८१
दाहाल-मोदी वार्ता : विगतका सहमति कार्यान्वयनमा तीव्रता दिइने

Highlights

  • भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

नयाँदिल्ली — प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल-भारतबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा तीव्रता दिनेबारे छलफल भएको छ । मोदीको शपथमा भाग लिन गएका प्रधानमन्त्री दाहालले  भारतीय प्रधानमन्त्री मोदीसँग आइतबार एकल भेटवार्ता पनि गरेका थिए ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले छिमेकी देशहरूको भ्रमणको श्रंखला नेपालबाट सुरु गर्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिएका छन्

त्यसक्रममा प्रधानमन्त्री दाहालले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । मोदीले नेपाल आउने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री दाहाले जानकारी दिए । ' मैले पहिलो भ्रमण नेपाल आउनुपर्‍यो भनेको छु । उहाँ आफैं पनि एकपटक नेपाल जानुपर्छ भन्ने मानसिकतामा देखेको छु' प्रधानमन्त्री दाहाले सोमबार दिल्लीस्थित नेपाली राजदूतावासमा पत्रकारहरूसँग भने ।

मोदीसँगको भेटमा यसअघि भारतमा भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनलाई तीव्रता दिने कुरा भएको छ । प्रधानमन्त्री दाहालले नेपाल भारतका सबै द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय गराउनेबारे मोदीसँग कुरा गरेका थिए । सबै संयन्त्रका वार्ता र छलफलहरूलाई सक्रिय गराउनेबारे मोदी पनि सहमत रहेको दाहालले जानकारी दिए । संयन्त्रहरूलाई सक्रिय बनाउने भन्नेमा सीमाबारे सीमा सम्बन्धी संयन्त्र पनि पर्ने उनले बताए ।

'पञ्चेश्वर र अरुणको कुरा पनि भयो' प्रधानमन्त्री दाहालले भने,' गत वर्षको भ्रमणमा पञ्चेश्वर अघि बढाउने कुरा भएको थियो । अब यो टुंग्याउने कुरा भएको छ ।'

गत भ्रमणमा भारतले कृषिमा गरिररहेको प्रविधिकोबारेमा पनि कुराकानी भएको थियो । त्यसबारे थप छलफल गर्न नेपालका टोली भारत आउने जानकारी प्रधानमन्त्री दाहालले दिएका थिए ।


प्रकाशित : जेष्ठ २८, २०८१ १३:५४
x
×