कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

रुसी सेनामा रहेका नेपालीहरू फिर्तीको माग गर्दै दूतावासनजिक प्रदर्शन

माघ २३, २०८०
रुसी सेनामा रहेका नेपालीहरू फिर्तीको माग गर्दै दूतावासनजिक प्रदर्शन

काठमाडौँ — रुसी सेनामा रहेका आफ्ना परिवारका सदस्यहरुलाई फिर्ताको माग गर्दै पीडितपरिवार र आफन्तहरुले मंगलबार रुसी राजदूतावासनजिक प्रदर्शन गरेका छन् । उनीहरुले राजदूतावासमा ज्ञापन पत्र समेत बुझाउने तयारी गरेका छन् । 

रुस युक्रेन युद्धको क्रममा हालसम्म १२ जना नेपाली मारिइसकेका छन् । अन्य कयौं रुसी सेनामा रहेको खबर आएका छन् ।तर उनीहरुको अवस्थाबारे स्पष्ट नहुँदा परिवारजन विक्षिप्त छन् ।

पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानको तर्फबाट कुतु भण्डारी,सुमी राई र सीतामाया बलको तर्फबाट ज्ञापन पत्र बुझाउने तयारी छ । पीडितहरुले दूतावासनजिक प्रदर्शन गरेपछि रुसी दूतावासले ज्ञापनपत्र बुझ्न ५ जनालाई दूतावास परिसरमा बोलाएको थियो । तर सबै जना दूतावासभित्र जान पाउने माग पीडितहरुले गरेका छन् । अहिले उनीहरु नजिकै धर्नामा छ ।

'युद्धमा कुनै साइनो सम्बन्ध नभएको नेपालका नागरिकहरुले अनाहकमा मत्युवरण गर्नुपर्ने अवस्था, बाँचेकाहरु चाहेर पनि स्वदेश फर्कन नपाउने अवस्था, जवरजस्ती युद्धमा होमिनपर्ने बाध्यता, युद्धबन्दीको रुपमा नारकीय जीवन व्यतित गर्न बाध्य नेपालीहरुको दर्दनाक अवस्था प्रति संवेदनशील भई जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, सेनामा रहेको नेपाली नागरिकको सकुशल घर फिर्ताको लागि वातावरण निर्माण, रुसी फौजमा भर्ती हुनबाट नेपाली नागरिकलाई रोक्ने कार्यका लागि उचित पहलकदमी र उचित निर्णयका लागि रुसी राजदूतावासमार्फत् रुसी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं' ज्ञापनपत्रमा छ ।



प्रकाशित : माघ २३, २०८० १२:५२
x
×