कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महिलाको हत्या गरेको आरोपमा दुईजना पक्राउ

भाद्र २३, २०८१
महिलाको हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौँ — महिलाको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरहा घर भई हाल काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्दै आएकी एक महिलाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरी तथा सर्लाहीको बसगरिया गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्ने २४ वर्षीय सन्तोषराम महरा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार २० भदौमा गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुङ्गाको चेपभित्र महिलाको शव भेटिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानकै क्रममा दुवैजनालाई प्रहरीले पक्राउ गरिएको हो । रामविनय र सन्तोषरामलाई शनिबार काठमाडौँ महानगरपालिका–३ बसुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो । मृतक महिलाका आफन्तहरु अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०८१ १९:२९
×