कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकै नम्बरका ५ वटा मोटरसाइकलसहित दुई जना पक्राउ

भाद्र २१, २०८१
एकै नम्बरका ५ वटा मोटरसाइकलसहित दुई जना पक्राउ

काठमाडौँ — प्रहरीले एकै नम्बरका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । मोटर साइकल चोरी नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-३१ स्थित मध्यबानेश्‍वरबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट प्रहरीले एकै नम्बरका पाँच वटा मोटरसाइकल फेला पारेको छ । शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सीसीको बुलेट मोटरसाइकल चलाइरहेका अछामको चौरपाटी गाउँपालिका-२ घर भई कोटेश्वर बस्ने २८ वर्षीय हिमाल खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को पनि मोटरसाइकल छ भन्ने पत्ता लागेको थियो । टोलीले मध्यबानेश्‍वर बस्दै आएका अछाम चौरपाटी गाउँपालिका-२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सीसीको खैरो रंगको बुलेट मोटरसाइकलसहित नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए।

वास्तविक नम्बर बागमती प्रदेश ०२-०४७ प १९७५ रहेको उक्त मोटरसाइकल काठमाडौँस्थित रानीबारीबाट गत श्रावण २८ गते हराएको भनी रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल समेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि गाडा निलो रंगको १५० सीसीको एफ.जेड.एस. मोटरसाइकल समेत छाउनीबाट नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२-०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुंगाका उत्तम कुमार पराजुलीको रहेको खुल्न आएको हो । उक्त मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।

थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाइकल सहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरि भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकल सहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।

प्रकाशित : भाद्र २१, २०८१ १८:०४
×