कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कवि पुनियानीलाई दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार

भाद्र १४, २०८१
कवि पुनियानीलाई दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार

झापा — राजनीतिज्ञ दिव्यविक्रम नेम्वाङको स्मृतिमा स्थापित 'दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार'  दार्जिलिङका कवि राजा पुनियानीलाई प्रदान गरिएको छ । 

बिर्तामोडमा शुक्रबार आयोजित एक समारोहबीच ३० हजार राशिको पुरस्कार पुनियानीलाई प्रदान गरिएको हो । पुनियानीका अर्को लश्कर र तङसिङ कृति प्रकाशित छन् ।

प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा कवि सुन्दर कुरूपले दिव्यबिक्रम नेम्वाङको लोकतान्त्रिक र साहित्यिक योगदानबारे चर्चा गरे । पुरस्कृत व्यक्तित्वमाथि बोल्दै प्राध्यापक अस्मिता विष्टले राजा पुनियानी वर्तमान समयको प्रतिरोधी कवि साहित्यकार भएको बताइन् । पुनियानीले नेपाली भाषा साहित्यको क्षेत्रमा पनि उल्लेख्य योगदान गरेको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण बरालले दिव्यविक्रम नेम्वाङको सम्झना गर्दै उनको नाममा स्थापित पुरस्कारले नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुर्‍याउने बताए ।

कार्यक्रममा कविहरु चन्द्र गुरुङ, प्रदीप मेन्याङ्बो, लिला अनमोल, सुनिता तामाङ अभागी थेगुवा, अमित थेबे, राजकुमार सुब्बा, सेलिङ केसीलगायतले आफ्नो रचना वाचन गरेका थिए ।


प्रकाशित : भाद्र १४, २०८१ २१:५३
x
×