कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

नेप्से अंक र कारोबार दुवै घट्यो 

भाद्र २५, २०८१
नेप्से अंक र कारोबार दुवै घट्यो 

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १३.०९ अंकले घटेको छ । नेप्से शून्य दशमलव ४९ प्रतिशतले घटेर २६३२.९४ विन्दुमा झरेको छ । गत बुधबारयता नेप्से परिसूचक दैनिक घट्दै आएको छ ।

आज १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर किनबेच भए । कुल ६७ कम्पनीको मूल्य बढ्यो भने १७० कम्पनीको मूल्य घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो । आज ९३ हजार ४५९ पटकको सेयर किनबेचमा ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँ कारोबार भएको छ ।

आज कुल १३ उपसमूहमध्ये व्यापार उपसमूह बढ्यो भने होटल तथा पर्यटन स्थिर रह्यो । व्यापार उपसमूह २९.४९ अंकले बढ्यो । जिवन बिमा १००.१८ अकं, निर्जीवन बिमा ५३.६१ र उत्पादन तथा प्रशोधन ४८.८४ अंकले बढेको छ । मानुषी लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो ।

प्रकाशित : भाद्र २५, २०८१ १५:५५
×