कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

नेप्से १२.१० अंकले घट्यो, साढे ९ अर्ब कारोबार

भाद्र २०, २०८१
नेप्से १२.१० अंकले घट्यो, साढे ९ अर्ब कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १२.१० अंकले घटेको छ । बुधबारको तुलनामा बिहीबार नेप्से शून्य दशमलव ४४ प्रतिशतले घटेको हो । नेप्से २७२७.३६ विन्दुमा ओर्लिएको छ । 

कुल १०१ कम्पनीको मूल्य बढ्यो भने १३८ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । आज २ करोड १ लाख ५३ हजा ९९३ कित्ता सेयर किनबेच भए । कुल १ लाख १२ हजार ६९२ पटकको सेयर किनबेचबाट ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्यो । नेपाल फाइनान्स लिमिटेडको मूल्य ८.९१ प्रतिशतले घट्यो । कारोबार रकमको आधारमा नेपाल फाइनान्स लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी अघि रहे ।

कुल १३ उपसमूहमध्ये लघुवित्त र व्यापार उपसमूह मात्रै बढ्यो । लघुवित्त उपसमूह ८६.४१ र व्यापार ६.७३ अंकले बढ्यो । घट्ने उपसमूहहरुमा जिवन बिमा, निर्जीवन बिमा, हाइड्रोपावर अघि रह्यो । जीवन बिमा १०२.२६ अंक, निर्जीवन बिमा ६२.७६ अंकले घटेको छ ।

प्रकाशित : भाद्र २०, २०८१ १५:३२
x
×