कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

भाद्र १२, २०८१
कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

काठमाडौँ — संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन् । बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ ? प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्ने आवश्यकता महसुस गरेको बताए ।

उनले भने, 'मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु ।'

मन्त्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन दिए । उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वभाविक दबाब, प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गरे ।

उनले मन्त्री र सचिव फेरिए पनि संरचना रहिरहने भन्दै इमान्दारिताका साथ काम गर्न समेत निर्देशन दिए । मन्त्री पाण्डेले प्रत्येक बुधबार मन्त्रालय मातहतका सम्बद्व विभाग वा निकायहरूसँग छलफल गर्दै आएका छन् ।

प्रकाशित : भाद्र १२, २०८१ १६:४५
x
×