ट्राफिक प्रहरीको कन्ट्रोल रुमबाटै भइरहेको ‘रियल टाइम’ निगरानीमा तपाईंले ट्राफिक नियम मिच्नासाथ चिट काटिहाल्छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार प्रहरी प्रधान कार्यालयले मंगलबार देशभरका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई सर्कुलर जारी गरेको हो।
जेठ २९ गतेदेखि नै चिडियाखानाभित्र बर्डफ्लु फैलिएर धमाधम चराहरू मर्न थाल्दा समेत चिडियाखाना प्रशासन गम्भीर नबनेको भन्दै कोषले साहलाई जिम्मेवारीबाट हटाएको हो ।
मानवअधिकार उल्लंघनका गम्भीर घटनामा ३ प्रतिशत पीडक मात्रै कारबाहीको दायरामा आएका छन्, बाँकी सिफारिस सरकारी उदासीनताका कारण दशकौंदेखि कागजमा थन्किँदा न्यायको प्रतीक्षामै छन् पीडितहरू ।
अदालतले सन्तोषसहित चारै जनालाई जनही बिगो २५ लाखको ५ प्रतिशतले हुने १ लाख २५ हजार जरिवाना र एक महिना कैद सजाय सुनाएको थियो ।
श्रीकृष्ण विक वैशाख ७ गते खुर्कोटस्थित प्रहरी हिरासतभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए । पीडित परिवार र दलित अधिकारकर्मी यसलाई केवल ‘आत्महत्या’ भनेर टुंग्याउन नमिल्ने बताइरहेका छन् ।
योजनामा नीतिगत सुधार, समुदाय प्रहरी सहकार्य, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण, मानवस्रोत विकास र सूचना प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिइएको छ ।