सन् २०२५ मा विदेशी पर्यटकको औसत बसाइ १६.३४ दिन पुगेर नयाँ रेकर्ड बनेको छ । तर उनीहरूको औसत दैनिक खर्च ३३.०९ अमेरिकी डलरमा झरेको छ, जुन इतिहासकै दोस्रो न्यून स्तर हो ।
नयाँ सरकारले पुसभित्र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन गर्ने प्रतिबद्धता जनाए पनि विगतका असफल प्रयासले यसको कार्यान्वयनप्रति अझै आशंका कायमै छ ।
मन्त्रीपरिषद्ले ८० हजार टन मल आयात स्वीकृत गरे तापनि ५० हजार टन मात्र रासायनिक मल ल्याउने निर्णय गरेको हो ।
मूल्यमा गिरावट र खरिद रणनीति परिमार्जन गरेपछि सरकारले आयात अर्डरमा कटौती गरेको हो, तर धान रोपाइँको मुख्य सिजनमा किसानले अझै पनि दबाब सामना गरिरहेका छन् । नयाँ योजनाअन्तर्गत भारतबाट मल आइपुग्न चार महिनासम्म लाग्न सक्छ ।
‘यस सिजनबाट मलाई धेरै आरोहीले चिन्न थाले । म उनीहरूलाई तर्साउन चाहन्न । तर, उनीहरूका गतिविधिलाई कसैले प्रहरीजस्तै निगरानी गरिरहेको अनुभूति गराउन चाहन्थें ।’
यस वर्ष क्याम्प–१ मा अधिकांश सामान ड्रोनमार्फत लगियो, कुनै बेला घण्टौंको आरोहण र उच्च हिमाली पथप्रदर्शकको सिंगो टोलीले गर्नुपर्ने काम अब केही मिनेटमै सम्पन्न हुन थाल्यो ।
कान्तिपुरले यस मुद्दाको अभियोगपत्र अध्ययन गरेको छ, अदालतमा पेस भएका भिडियो प्रमाण अवलोकन गरेको छ । कागजात र अन्तर्वार्ताहरूले चित्रण गर्ने घटनाक्रम सामान्य हत्या षड्यन्त्रको सीमाभन्दा धेरै पर जान्छ ।
यसपटक नेपालतर्फबाट एकैदिन २ सय ७० भन्दा बढी आरोहीले शिखर चढेपछि काठमाडौंमा खुसीयाली मनाइयो । तर, हिमालबाट आएका तस्बिरहरूले एकै दिन सयौं आरोहीलाई शिखरमा जान दिने नेपालको निर्णयमाथि पुनः प्रश्न उठाएका छन् ।
अमेरिकी कम्पनीले चीनमा निर्मित मानवरूपी रोबोटलाई सगरमाथा आरोहण गराउने बाटो खोजिरहेको छ, तर कानुनको अभावमा यो काम अनिश्चित छ ।
भारतीय सञ्चारमाध्यम लेख्छन्– ‘एल निनोको प्रभावले खडेरी निम्त्याउन सक्ने, कृषि उत्पादनमा ह्रास आउने र आगामी सिजनको उब्जनी घट्ने डरबीच आन्तरिक मूल्य नियन्त्रण गर्न प्रतिबन्ध लगाइएको हो’