१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विष्णुकुमारी लामिछाने

विष्णुकुमारी लामिछाने हेटौंडा उपमहानगरपालिकाकी निर्देशक हुन् ।

विष्णुकुमारी लामिछानेका लेखहरु :

बेवास्ताको मारमा बालबालिका

जन्म दिने तर जन्मिनेको जीवनको बारेमा परवाह गर्ने अभिभावकका बालबालिका विभिन्न जोखिममा परिरहेका छन् । हुँदा खाने परिवारमा मात्र होइन हुने खाने परिवारमा पनि यो समस्या देखिन्छ । भनिन्छ– मानिसको पहिलो पाठशाला घर हो । तर परिवारको व्यस्तता र बेवास्ताको कारण बालबालिकाले अभिभावकबाट उचित संरक्षण, सुरक्षा र स्याहार प्राप्त गर्न सकिरहेका छैनन् ।

बालमैत्री स्थानीय शासनको सवाल

बालबालिकाको हरेक पक्षमा संवेदनशील बन्दै बालअधिकार प्रवर्द्धन गर्नका लागि अघि सारिएको बालमैत्री स्थानीय शासन अवधारणाले सन्निकटताको सिद्धान्तअनुरूप बालअधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको पृष्ठपोषण गर्दै संस्थागत विकासमा समेत जोड दिन्छ । अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक व्यवस्थाको प्रत्याभूति गर्न बालबालिकासम्बन्धी ऐन, नियमावली, निर्देशिका तथा कार्यविधि बनाई कार्यान्वयनमा ल्याइएको छ । यद्यपि कानुनी तथा संरचनात्मक व्यवस्था र कार्यान्वयनबीच तालमेल हुन सकिरहेको छैन ।

ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र

ज्येष्ठ नागरिक परिवारका संरक्षक हुन्, समाजका पथप्रदर्शक हुन् भने राज्यका अमूल्य निधि हुन् । लामो जीवन भोगाइका अनुभवले खारिएका उनीहरू ज्ञान, सीप र कलामा निपुण हुन्छन् ।