सामान्य परिवारबाट उठेर गैरसरकारी संस्थामा आफ्नो राम्रो पहिचान बनाएकी उनको जीवनले २३ भदौपछि राजनीतिक मोड लिएको हो ।
डडेल्धुरामा २०४८ देखि कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले जित्दै आएका थिए । यसपटक उनको सट्टा कांग्रेसले युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाएको थियो ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिहीबार सिवांगीसहित उनकी बहिनी सन्ध्या र भाई सिशांकलाई अंगीकृत नागरिकता दिएको हो ।
कांग्रेसका नैनसिंह महरलाई एमालेका चक्र स्नेही, नकेपाका मानसिंह माल र रास्वपाका ताराप्रसाद जोशीको चुनौती
ठेकेदार ढाँटेको ढाँट्यै, सडक कार्यालय पत्याएको–पत्याई
देउवाको मतदानस्थल गन्यापधुरा–१ स्थित रुवाखोलाको असीग्राम मावि हो, उनी भोट हाल्न प्रायः हेलिकोप्टर चढेर आउँछन्, सडकबाट कमै मतदानस्थल जाने हुँदा आफ्नो गाउँसम्म पुग्ने सडकको कन्तबिजोग देख्नै पाएका छैनन्।
सरकारी नापी र अन्य कागजातमा उग्रतारा मन्दिरको जमिन १ सय ७७ रोपनी रहेको भए पनि स्थानीयले कब्जा गरेका कारण मन्दिरका अधिकांश संरचना ऐलानी जमिनमा छन् ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार गोवा आगलागी घटनामा मृत्यु भएका पाँच नेपालीमध्ये चार जनाको शव मंगलबार र बुधबार गरेर नेपाल ल्याइएको छ।
कांग्रेस डडेलधुराको बिहीबारको बैठकले देउवाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।