कांग्रेस डडेलधुराको बिहीबारको बैठकले देउवाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
डडेल्धुरा — नेपाली कांग्रेस डडेलधुराले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ ।
कांग्रेस डडेलधुराको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फकाे उम्मेदवारमा देउवाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाका लागि भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस भएको कांग्रेस जिल्ला सचिव हेमराज चटौतले बताए ।
सभापति देउवा डडेलधुराबाट आठौं पटक सांसदकाे निर्वाचन लड्ने तयारीमा देखिएका हुन् । यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेलधुराबाटै विजयी भइसकेका छन् ।
