२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

सविता विमली

सविता विमलीका लेखहरु :

पक्षहरूको सामाजिकीकरण

केही वर्षयताका जबरजस्ती करणीसम्बन्धी केही मुद्दामा समाज दुई कित्तामा उभियो । सार्वजनिक छवि भएका व्यक्ति आरोपितका रूपमा रहेका यी मुद्दाका विषयमा सार्वजनिक रूपमा विविध टीकाटिप्पणी, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पक्ष–विपक्षमा आरोप–प्रत्यारोपको अन्त्यहीन सिलसिला चल्यो । चलिरहेको छ । यतिका चासो र टीकाटिप्पणीको कारण सार्वजनिक छवि भएका व्यक्तिहरूसँग समाजले गर्ने अपेक्षा नै हो ।

जीवन छँदै

सम्झिन्छु,त्यो कुन दिन होला कि उक्त दिनको उदाउँदो चढ्दो या अस्ताउँदो सूर्यले लिएर आउलातिम्रो मृत्युको समाचार !

बारको निर्वाचन र महिला उम्मेदवारी

तीन वर्षअगाडि, नेपाल बार एसोसिएसन (नेबाए) को अघिल्लो निर्वाचनमा मुख्य दुई प्रतिस्पर्धी समूहमा उम्मेदवार महिलाको न्यून संख्याले स्तब्ध बनाएको थियो । महिला उपाध्यक्ष १, महिला सदस्य उपत्यकाबाहिर १, महिला खुला १ गरी जम्मा ३ जना ! प्रगतिशील गठबन्धनले चुनावी गणितलाई ध्यानमा राखेर अर्को एउटा समूहमा एक महिला उम्मेदवार थप्यो । हालको नेपाल बारको २५ सदस्यीय केन्द्रीय समितिमा ४ महिलाको उपस्थिति छ ।