२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कांग्रेस महाधिवेशन मत परिणाम

सभापति

शेरबहादुर देउवा

२,७३३

डा. शेखरप्रसाद कोइराला

१,८५५
५९% ४१%

उप-सभापति

पूर्णबहादुर खड्का२१२१
धनराज गुरुङ १९०८
विजयकुमार गच्छदार १९०६
डा. चन्द्र भण्डारी १५८०
सुजाता कोइराला ६४४
महेश आचार्य ५८९
दिव्यश्वरी शाह १३२

महामन्त्री

गगन थापा३०२३
विश्वप्रकाश शर्मा १९८४
डा. प्रकाशशरण महत १५५६
प्रदीप पौडेल १३९३
डा. मिनेन्द्र रिजाल८०९
डा. राजाराम कार्की १०६

सहमहामन्त्री

सहमहामन्त्री महिला

कमला पन्त२१०५
महालक्ष्मी उपाध्याय “डिना”२५३३

सहमहामन्त्री दलित

गंगा सुनार२३२
जीवन परियार२२१२
मानबहादुर विश्वकर्मा२१७५

सहमहामन्त्री आदिवासी जनजाति

विकाश लामा१९१२
भीष्मराज आङ्देम्बे२७११

सहमहामन्त्री खसआर्य

किशोरसिंह राठौर२५७६
देवराज चालिसे२०५९

सहमहामन्त्री मधेसी

महेन्द्र यादव२३३०
रंजित कर्ण४७२
रामकृष्ण यादव१८२०

सहमहामन्त्री मुस्लिम

फर्मुल्लाह मंसुर२७७६
शेख वकील१८७१

सहमहामन्त्री थारु

उमाकान्त चौधरी२७६२
तेजुलाल चौधरी१८७७

सहमहामन्त्री पिछडिएको क्षेत्रबाट

चेतराज बजाल९९
जीवनबहादुर शाही२१३३
बद्री पाण्डे२४११

देउवाले एकलौटी केन्द्रीय सदस्य मनोनीत गरेपछि कोइराला पक्ष असन्तुष्ट

पुस २१, २०७८

कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरु मनोनीत गरेपछि शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरेको छ । आफू निकटका नेताहरुको भेलामा नेता कोइरालाले सभापति देउवाले कुन ...

विवादबीच कांग्रेस प्रदेश २ अधिवेशनको मतदान सकियो

नेपाली कांग्रेस प्रदेश २ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । जनकपुरको गोपाल धर्मशालामा बिहीबार बिहान ९ बजे सुरु मतदान राति ८ बजे सकिएको हो ।

देउवा झन् शक्तिशाली

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा थप शक्तिशाली बनेका छन् । दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका देउवा पहिलो कार्यकालभन्दा थप शक्तिशाली बनेका हुन् । केन्द्रीय कार्यसमितिमा देउवाको एकलौटी पकड बनेको छ ।

१० दिनमा कांग्रेसको अन्तिम परिणाम: खस आर्यको वर्चस्व, ७९ जना नयाँ अनुहार [नामसहित]

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचन भएको १० दिनपछि बल्ल मतगणना सकिएको छ । पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना बिहीबार सकिएपछि १३५ सदस्यीय केन्द्रीय कार्यसमिति औपचारिक रुपमा बनेको छ ।

कांग्रेसमा आदिवासी जनजातितर्फ १५ केन्द्रीय सदस्य निर्वाचित

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आदिवासी जनजाति समुदायबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आदिवासी जनजाति खुलातर्फ चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ र टेकप्रसाद गुरुङ निर्वाचित भएका छन् ।

कांग्रेसमा खसआर्य आरक्षणबाट १३ केन्द्रीय सदस्य निर्वाचित

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खसआर्य आरक्षणतर्फबाट १३ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । बिहीबार साँझ मतगणना सकिएको हो ।

आरक्षणमै सीमित भए महिला

कांग्रेसमा ११ औँ महाधिवेशनसम्म महिलाको प्रतिनिधित्व गराउनैपर्ने बाध्यकारी व्यवस्था थिएन । १२ औँ महाधिवेशनदेखि कांग्रेसले महिलालाई आरक्षण त दियो, तर आरक्षणबिना नै महिला नेतृहरू पार्टीको पदाधिकारी उम्मेदवार बन्थे, र निर्वाचित हुन्थे । जस्तो कि १२ औँ महाधिवेशनबाट चित्रलेखा यादव कोषाध्यक्ष बनेकी थिइन् भने १३ औँ बाट सीतादेवी यादव ।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शनिबार 

कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । महाधिवेशनका सम्पूर्ण प्रक्रिया पूरा भएपछि शनिबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो ।

कांग्रेस निर्वाचनको अन्तिम परिणाम आज

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबार सबै पदको मतगणना सम्पन्न हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बिहीबार खसआर्य र आदिवासी जनजातितर्फको मतगणना सम्पन्न भएसँगै सबै पदको मतगणना सम्पन्न हुने जानकारी दिए ।

जुवेदा खातुन- गर्विलो राजनीतिक यात्रा

बर्दियाको मुस्लिम समुदाय, जहाँका महिलालाई अहिले पनि ‘नकाब’ उतार्न अनुमति छैन । संघसंस्था, सामाजिक काम गर्ने वा राजनीतिमा लाग्ने होइन, गाउँ नजिकका हाटबजारसमेत खुल्ला रुपमा हेर्न पाएका छैनन् यहाँका मुस्लिम महिलाले ।

कांग्रेस प्रदेश २ अधिवेशन : मतपत्र छाप्‍न ढिलाइ भएपछि मतदान प्रक्रिया लम्बियो

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा मतपत्र छाप्‍न ढिलाइ भएपछि मदतान प्रक्रिया लम्बिएको छ । जनकपुरमा जारी अधिवेशनको बुधबार बिहान ८ बजे देखि ४ बजे सम्म मतदानको समय तोकिए पनि फितलो व्यवस्थापनका कारण ४ बजेसम्म पनि मतदान सुरु हुन सकेको छैन ।

कांग्रेसमा थप १८ केन्द्रीय सदस्य चुनिए

कांग्रेसमा थप १८ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । पछिल्लोपटक मधेसी खुला, मधेसी महिला, मुस्लिम खुला, मुस्लिम महिला तथा प्रदेश १ र वाग्मतीमा खुला र महिलाबाट केन्द्रीय सदस्यको टुंगो लागेको हो । 

प्रदेश २ मा प्रतिष्ठाको लडाइँ

मधेसमा जन्मिएका विमलेन्द्र निधिले २०३६ सालमा २३ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर राष्ट्रिय चर्चा बटुले । कांग्रेसको महामन्त्री, उपसभापति र सरकारको उपप्रधानमन्त्री बनेर राष्ट्रिय राजनीतिमा स्थापित भए । अहिले उनका लागि गृह प्रदेशको पार्टी–निर्वाचन ठूलो प्रतिष्ठाको विषय बनेको छ । 

थारूतर्फ रामजनम र योगेन्द्र चौधरीसहित चार जना निर्वाचित

थारु तर्फबाट कांग्रेसको केन्द्रीय सदस्यमा योगेन्द्र चौधरी, रामजनम चौधरी, कल्पना चौधरी र जीवन राना निर्वाचित भएका छन् । योगेन्द्र र रामजनमले खुलातर्फ जितेका हुन् भने चौधरी र रानाले महिलातर्फ केन्द्रीय सदस्य जितेका हुन् । 

देउवाले भरतपुर मेयरको उम्मेदवारी खोसेका कोइराला बने केन्द्रीय सदस्य 

कांग्रेसको ०७४ को बैशाख १९ गतेको निर्णयले चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार चयन भए– दिनेश कोइराला । दर्जनौं आकांक्षीमध्ये नेताहरूले मेयर उम्मेदवारमा आफूलाई रोजेपछि कोइरालाको ध्यान अब कसरी चुनाव जित्ने ? भन्नेमा केन्द्रित थियो ।

सुदूरपश्चिमबाट जोशी, रावल र भट्ट निर्वाचित

सुदूरपश्चिमबाट यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट निर्वाचित भएका छन् । जोशी र रावल खुलातर्फ ४ प्रत्यासीलाई पछि पार्दै निर्वाचित भएका हुन् ।

कर्णाली प्रदेशबाट बुढा, शाह र सिंह विजयी, थानी १ मतले पराजित

कर्णाली प्रदेशबाट कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह निर्वाचित भएका छन् । खुलातर्फ बुढा र शाह निर्वाचित भएका हुन् भने महिलातर्फ सिंह विजयी भएकी हुन् । बुढाले २२ सय र शाहले २ हजार ८२० मत पाएका छन् । 

कांग्रेस केन्द्रीय सदस्यमा मधेसी र मुस्लिमबाट क–कसले जिते ? 

कांग्रेसको केन्द्रीय सदस्यमा मधेसी महिलातर्फ नागिना यादव(२८४८), मञ्जुकुमारी यादव (२८८६), मिनाक्षी झा(३०१२) र मुक्ताकुमारी यादव (३९६०) मतसहित विजयी भएका छन् । त्यही पदकी प्रत्यासी किरण यादवले २ हजार ७२२ मत मात्रै ल्याएकी छिन् । उनी यसअघि नै केन्द्रीय सदस्य थिइन् । 

कांग्रेस केन्द्रीय सदस्यमा वाग्मतीबाट केसी, रञ्‍जित र नेपाल निर्वाचित

वाग्मती प्रदेशबाट कांग्रेसको केन्द्रीय सदस्यमा राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी निर्वाचित भएका छन् । प्रदेशको खुलातर्फ केसी र रञ्जित विजयी भएका हुन् । केसीले २ हजार १२९ मत पाएका छन् भने रञ्जितले २ हजार ४१९ मत पाएका छन् ।