राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन अपराध रोकथाम तथा नियन्त्रण र शान्तिसुरक्षा व्यवस्थापन, नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी कानुन चालु अधिवेशनबाटै पारित गर्ने सरकारको घोषणा
सरकारको उच्च निकाय जोडिएका आयोजनामा भ्रष्टाचार र अनियमितता भएको समाचार आउँदा राम्रो सन्देश गएन, सोही कारण राष्ट्रपति र प्रधानमन्त्रीका नाम जोडिएर सञ्चालित कार्यक्रमको नाम हटाउन निर्देशन थियो
‘ऊर्जा विकास मार्गचित्र, २०८१’ कार्यान्वयन गर्न कानुनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधार गर्ने
सामुदायिक र निजी विद्यालयको पाठ्यक्रममा एकरूपता, भर्चुअल शिक्षण प्रणाली लागू गरिने, सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिने, बढीमा सातामा २० घण्टाको कामको न्यूनतम ज्याला निश्चित गरिने
वैदेशिक लगानी उच्च प्रतिफलयुक्त औद्योगिक तथा भौतिक पूर्वाधार आयोजनामा
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने घोषणा
हरेक वर्ष नयाँ नारा र घोषणाको चाङ लगाउने परम्परामा केही संयम अपनाउँदै सरकारले पुराना कार्यक्रमको समीक्षा र कार्यान्वयनमा जोड दिएको छ