नीति तथा कार्यक्रम निरन्तरतामा आधारित : भट्टराई

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Policies and programs based on continuity: Bhattarai

काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले आज संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निरन्तरतामा आधारित भएर आएको बताएका छन् ।

मुलुकका दुई ठूला र फरक विचारधारा रहेका दल सम्मिलित भई बनेको सरकारले नीति तथा कार्यक्रम गुणात्मक ल्याउँछ कि भनी अपेक्षा गरिएकामा त्यसो नभई निरन्तरतामा आधारित भएर आएको प्रतिक्रिया दिए । 'कार्यक्रममा आउन त सबै कुरा आएका छन् तर परम्परागत सुधारात्मक ढंगले आयो । देशको आवश्यकता सुशासन र आर्थिक क्षेत्रमा गुणात्मक महत्वको परिवर्तनसहित आउँछ कि भन्ने अपेक्षा थियो, मैले त्यो पाइनँ ।'

ती सुधारात्मक कदमले हालको चुनौती सम्बोधन गर्न नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले सबै विषय समेटिए प्राथमिकीकरण नभएका कारण कार्यान्वयनमा अलमल हुने प्रतिक्रिया दिए । 'नीति तथा कार्यक्रम सामान्य रूपमा पास अंक  ल्याउने भए पनि उच्चतम अंक प्राप्त गर्न नसक्ने खालको छ,' उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully