नीति तथा कार्यक्रममा माओवादीको टिप्पणी- 'सारसंग्रहवादी दस्ताबेज'

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Maoist's comments on policies and programs - 'Sanchargawadi Dastabez'

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँपन नभएको तथा परम्परागत रूपमा आएको प्रतिक्रिया दिएको छ ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको सरकारको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, 'नीति तथा कार्यक्रममा नयाँपन केही छैन । परम्परागत रूपमा आएकाले जनतामा आशा जगाउन सक्दैन ।'

परम्परा र अतीतमुखी रहेकाले भविष्य कोर्ने स्पष्ट मार्गनिर्देशन कार्यक्रममा नदेखिएको बताउँदै प्रवक्ता सापकोटाले नीति तथा कार्यक्रमलाई सारसङ्ग्रहवादी दस्ताबेजको संज्ञा दिए ।

कान्तिपुर

Link copied successfully