बचत सुरक्षा तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Establishment of Savings Protection and Debt Recovery Tribunal

काठमाडौँ — सरकारले सहकारी ऋण सूचना, बचत सुरक्षा तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

राष्ट्रपति पौडेलले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिने पनि बताए।

सरकारले सहकारी तथ्याङ्क व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिने जनाएको छ।

पौडेलले विपन्न पहिचान भएका परिवारलाई राज्यका सुविधामा पहुँच वृद्धि गरिने बताए।

कान्तिपुर

Link copied successfully