अब कृषिको अनुदान वास्तविक किसानलाई मात्रै

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Now agriculture subsidy only to real farmers

काठमाडौँ — सरकारले कृषि क्षेत्रमा दिइने अनुदानको लाभ वास्तविक किसानले मात्रै पाउने गरी व्यवस्था मिलाइने जनाएको छ। अनुदान रकम वास्तविक किसानभन्दा गैर किसानले पाएपछि अब सरकारले वास्तविक किसानले मात्रै पाउने गरी व्यवस्था गर्न लागेको हो।

‘कृषि क्षेत्रमा दिइने अनुदानको लाभ वास्तविक किसानले मात्रै पाउने व्यवस्था मिलाइनेछ। कृषि बिमाको दायरा विस्तार गरिनेछ। विपन्न किसानलाई सहुलियतपूर्ण ऋण र परिचयपत्र सहित सेवा सुविधा दिइनेछ,’ शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘किसानले पाउने सेवा सुविधालाई परिचयपत्रमा आबद्ध गरिनेछ।’

कान्तिपुर

Link copied successfully