कृषिमा युवालाई आकर्षित गर्न पाइलट प्रोजेक्ट

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Pilot project to attract youth in agriculture

काठमाडौँ — सरकारले कृषिमा युवालाई आकर्षित गर्न पाइलट प्रोजेक्ट सुरु गर्ने जनाएको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषिमा युवालाई आकर्षित गर्न भूमि कृषि सामग्री, बिमा खरिद सम्झौता र बजारको बलियो इको सिस्टम कायम गरिने बताए। ‘कृषिको जुनसुकै विधामा उद्यम गर्न चाहनेलाई आबद्ध गरी पाइलट प्रोजेक्ट सुरु गरिनेछ,’ राष्ट्रपति पौडेलले भने।

त्यस्तै, भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै परियोजनालाई धितोमा राखेर अन्य वित्तीय तथा अन्य सामग्रीको व्यवस्था गरिने बताए। निर्यातमुखी कृषिलाई आधुनिकीकरण गर्दै कृषि उपजमा आत्मनिर्भर तुल्याउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिने पनि उनले बताए।

सरकारको नीति तथा कार्यक्रम

कान्तिपुर

Link copied successfully