आगामी दशक आन्तरिक रोजगारी दशक

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Next Decade Domestic Employment Decade

काठमाडौँ — सरकारले आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाइने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी दशक आन्तरिक रोजगारी दशक घोषणा गरेका हुन्।

सरकारले देशभित्र उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गर्ने जनाएको छ। ज्याला, रोजगारी दुवैको माध्यमबाट आन्तरिक रोजगारीको सिर्जना गरिनेछ।

राष्ट्रपति पौडेलले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नीति, कानुन तथा कार्यविधि संशोधन र तर्जुमा गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय बजारको मागअनुसार सिपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको विस्तार गरिने सरकारद्वारा जनाइएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully