ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको तयारी

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Preparation for commercial production of green hydrogen

काठमाडौँ — सरकारले ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन प्रारम्भिक तयारी गर्ने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले नेपालमै ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी गर्ने बताएका छन्।

सरकारले विद्युतीय उपकरणको प्रयोग प्रवर्द्धन गर्ने जनाएको छ।

विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण योजना–२०८० अनुसार घरायसी, कृषि, औद्योगिक, व्यावसायिक र पर्यटकीय र यातायात क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग बढाउने जनाएको हो।

सरकारले पेट्रोलमा बायोइथानोलको मिश्रणको नीति कार्यान्वयन गरिने जनाएको छ।

कान्तिपुर

Link copied successfully