गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्न सम्पत्ति व्यवस्था कम्पनी स्थापना गरिने

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्न सम्पत्ति व्यवस्था कम्पनी स्थापना गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सम्पत्ति व्यवस्था कम्पनी स्थापना गरिने बताएका हुन्।

राष्ट्रपति पौडेलले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्था कम्पनी स्थापना गरिने जनाएका छन्।

सरकारले धितोपत्र बोर्डको सुदृढीकरण तथा नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचना गरी पुँजी बजारको क्षमता एवं पारदर्शिता लागू गर्ने जनाएको छ। दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गर्ने सरकारले जनाएको छ।

सरकारको नीति तथा कार्यक्रम

कान्तिपुर

Link copied successfully