सरकारले जेन–जी पुस्तालाई प्राथमिकतामा राखेर स्टार्टअप कार्यक्रम सुरु गर्ने

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

The government will start a startup program by giving priority to the Gen-G generation

काठमाडौँ — आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले जेन–जी पुस्तालाई प्राथमिकतामा राखी स्टार्टअप कार्यक्रम सुरु गर्ने योजना अघि सारेको छ।

शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी पुस्ता केन्द्रित कार्यक्रम अघि बढाउने बताएका हुन्।

राष्ट्रपति पौडेलले बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने बताएका छन्। युवामा आशा जगाउने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउन खोजेको उल्लेख गरेका छन्।

'उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने,' राष्ट्रपति पौडेलले भने, 'सबै उद्यममा बिजनेस प्लान र त्यसको इकोसिस्टम सुनिश्चित गरी जेन–जी पुस्तालाई विशेष प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने।'

उनले सरकारका निकायहरूबाट सञ्चालित कार्यक्रमलाई उद्यमशीलताको विकास, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित गर्ने बताए।

कान्तिपुर संवाददाता

Link copied successfully