प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अब ‘राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रम’

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

The Prime Minister's Agricultural Modernization Project is now a 'National Integrated Agricultural Modernization Programme'.

काठमाडौँ — सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमको रूपमा रूपान्तरण गर्ने भएको छ।

शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त परियोजनालाई पुनः संरचना गरी राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा सञ्चालन गरिने बताएका हुन्।

त्यस्तै, अग्रिम रूपमा कृषि उपज खरिद गरी कृषिको बजार सुनिश्चितता गरिने जनाइएको छ। प्रमुख बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरेर किसानको आम्दानी वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

'दिगो कृषि उत्पादन प्रणालीको विकास, कृषि मल कारखाना स्थापना गर्न आवश्यक कार्यहरू अघि बढाइनेछ,' राष्ट्रपति पौडेलले भने, 'कृषि प्रयोगशालाको विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने छ।'

कान्तिपुर

Link copied successfully