कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वर्षाले क्षतिग्रस्त सडक मर्मत

भाद्र २४, २०८१
वर्षाले क्षतिग्रस्त सडक मर्मत

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सडक साकेला गाउँपालिकाले मर्मत गरेको छ । वर्षाले क्षतिग्रस्त बनेको सदरमुकाम दिक्तेलबाट साकेला गाउँपालिका जाने सडक मर्मत गरिएको हो ।

नगरपालिकाको वडा नं ५ लफ्याङमा भत्किएको सडक मर्मत गरेको साकेला गाउँपालिकाका कर्मचारी डिएम चाम्लिङले बताए ।

सडक भत्किएपछि नगरपालिकाले मर्मत गर्ने छनक नदेखाएको र आफूहरूको सरोकारसँग जोडिएकाले आफैँ मर्मत गरिएको साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए । ‘साकेला गाउँपालिकाबासीलाई सदरमुकाम दिक्तेल आउँदा–जाँदा समस्या परेकाले सडक मर्मत गरिएको हो,’ उनले भने, ‘आफ्नो जनताका लागि आफैंले काम गर्नैपर्‍यो।'

दिक्तेलबजारबाट साप्सुखोला हुँदै साकेला गाउापालिकाको मानेभञ्ज्याङ–पाँचधारे, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बाराहापोखरी, जन्तेढुङ्गा गाउँपालिका जाने तथा साकेलाबाट दिक्तेल हुँदै काठमाडौंसम्म जान असहज भएकाले सडक मर्मत गरिएको राईले बताए ।

यस सडक खण्ड अन्तर्गत लफ्याङ क्षेत्रको सडकमा हिलोका कारण गाडी फस्ने, चिप्लने, भाँसिने समस्याले साकेलाबासीले हैरानी खेप्दै आएका थिए । गत असार ११ गते पनि साकेला गाउँपालिकाले लफ्याङ क्षेत्रमा सडक मर्मत गरेको थियो ।

प्रकाशित : भाद्र २४, २०८१ २२:५२
×