कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खोलामा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

भाद्र २४, २०८१
खोलामा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

झापा — झापाको माइ खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो शिवसताक्षी नगरपालिका-१० स्थित दोमुखा नजिकैको माइ खोलामा पौडी खेल्न गएका भद्रपुर नगरपालिका–५ बस्ने करिव १७ वर्षीय फिरोज खानको मृत्यु भएको हो ।

उनीसंगै खोलामा पसेका बिर्तामोड नगरपालिका-२ का करिब १८ वर्षीय उज्ज्वल राई बेपत्ता छन् । खानको शव घटनास्थलदेखि करिब सय मिटर दक्षिणमा फेला परेको छ । प्रहरीले बेपत्ता राईको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित : भाद्र २४, २०८१ २०:५१
×