Live

[LIVE] के हुँदैछ आन्दोलनमा ? कहाँ कहाँ के भइरहेको छ ?

मंगलबार बिहानैदेखि सुरु भएको प्रदर्शन झनै चर्किदै गएको छ । भ्रष्टाचार, बेथिती र अनियमितता विरुद्ध जेन–जी ले सोमबार गरेको प्रदर्शनमा सरकारी दमनमा परी १९ जनाको मृत्यु भएको थियो । सोमबारदेखि सुरु भएको जेन-जी प्रदर्शन कहाँसम्म जाला ? अनि नयाँ विकसित परिस्थिती कस्तो बन्ला ? निरन्तर अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

[LIVE] What is happening in the movement? What is happening where?

113 Updates

(04:51 PM)

सिंहदरबारको मुख्य भवनमा आगो दनदनी

सिंहदरबार प्रवेश गरेका प्रदर्शनकारीहरुले सिहंदरबारको मुख्य भवनमा आगो लगाएका छन् । भुकम्पका बेला चर्किएको उक्त भवनको पुननिर्माण गरेर प्रयोगमा ल्याइएको थियो । 

यो भवनको इतिहास १ सय १५ वर्षभन्दा पुरानो छ । 

आगलागी तत्काल नियन्त्रणमा आउने सम्भावना देखिदैन् । किनकी त्यहाँ सरकारको उपस्थिती देखिन्न । 

A fire broke out in the main building of the Singha Durbar

(04:16 PM)

सुर्खेतमा अनिश्चितकालका लागि कर्फ्यु  

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार अपराह्नबाट सुब्बाकुनाबाट बांगेसिमलसम्म कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिए ।

Indefinite curfew in Surkhet

(04:14 PM)

काठमाडौं बाहिरका शहरहरुमा पनि प्रर्दशन जारी, कतै आगजनी, कतै हिंसा

काठमाडौं बाहिरका जिल्लाहरुमा पनि प्रर्दशन, आगजनी र तोडफोड जारी देखिएको छ । स्थानिय तहका भवन, सडक संरचनाहरु र प्रहरी लगायतका अन्य सरकारी भवनमा आगजनी भएको खबरहरु जिल्लास्थित कान्तिपर संवाददाताहरुबाट प्राप्त भएका छन् । 

काभ्रेको बनेपा नगरपालिकामा आगजनी भएको छ भने सिरहा नगरपालिकाका मेयर नवीन यादवको घर आन्दोलनकारीले कब्जामा लिएर तोडफोड गरेका छन् । वीरगन्जको घडिअर्वास्थित आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी भएको छ । 

देशैभर कहाँ कसरी प्रर्दशन भइरहेको छ र जिल्लामा के कस्ता घटनाहरु भएका छन् भन्नेबारे अपडेट हुनुहोस । 

Demonstrations continue in cities outside Kathmandu, sometimes arson, sometimes violence

(03:57 PM)

रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालियो

रास्वपा सभापती रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको छ ।

ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार  जेनजी आन्दोलनका क्रममा लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको हो । 

विस्तृत समाचार : रवि लामिछानेलाई नक्खु कारागारबाट निकालियो

Ravi Lamichhane was released from Nakhu Jail

(03:39 PM)

शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा घाइते

कांग्रेस सभापती शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा घाइते भएका छन् ।

उनीहरुलाइ बुढानिलकन्ठस्थित घरभीत्रै घाइते अवस्थामा उद्धार भएको भिडियो फुटेज सामाजिक संजालमा सार्वजनिक भएको देखिन्छ । निजी निवासमा प्रर्दशनकारीहरु छिरेको र उनीहरुलाइ लछारपछार गरिरहेको उक्त फुटेजमा देख्न सकिन्छ । 

सुरक्षा स्रोतका अनुसार उनिहरुलाई उद्दार गर्न सेनाको हेलीकप्टर त्यहाँ पुगेको छ । 

Sher Bahadur Deuba and Foreign Minister Arju Rana injured

(03:18 PM)

सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयमा तोडफोड

प्रर्दशनकारीहरुले सर्वोच्च अदालत र महान्मायायाधीवक्ता कार्यालयमा समेत  तोडफोड गरेका छन् । 

जेनजीको आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि मंगलबार बिहानैदेखि देशैभरी आन्दोलन चर्किएको छ । 

Vandalism of the Supreme Court and Attorney General's Office

(03:09 PM)

विशेष सम्पादकिय : जेनजीको आवाज सुन, बालेनको नेतृत्वमा नयाँ नेपालको मार्गचित्रमा अघि बढ

  • tत्काल कमान्ड लिने नेतृत्वले संक्रमणकालीन सरकार हुँदै लोकतान्त्रिक निर्वाचनबाट नयाँ नेपालको यात्राको क्यालेन्डर सुनिश्चित गर्नुपर्छ । त्यसका लागि नयाँ पुस्ताको नेताका रुपमा बालेनले अविलम्ब निर्णय लिनुपर्छ ।
  • आफ्नो आवाज लिएर सडकमा आएका युवालाई हिजोसम्म बर्बरतापूर्वक गोलीले भुट्न उद्यत पुरानो पुस्ताका प्रधानमन्त्री केपी शर्मा ओली आज केही बेरअघिसम्म आफ्नो सम्पूर्ण पतन देखेपछि सर्वदलीय बैठकको नाटक मञ्चन गर्दै थिए । शासकका रुपमा आफ्नो अन्तिम घडीमा पनि नेपाली जनतालाई मूर्ख बनाउने चाल असफल भएपछि उनले अन्ततः राजीनामा दिएका हुन् ।
  • कान्तिपुरको विशेष सम्पादकिय: जेनजीको आवाज सुन, बालेनको नेतृत्वमा नयाँ नेपालको मार्गचित्रमा अघि बढ
Special Editorial: Listen to Genji's voice, walk the path of New Nepal under the leadership of Balen

(02:57 PM)

काठमाडौं विमानस्थलबाट हुने सबै उडान ठप्प 

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलले आज राती हुने सबै उडानहरु बन्द गरेको छ ।  दिउँसो साढे दुइ बजेदेखि विमानस्थल रातीसम्मका लागि बन्द गरिएको हो । 

विमानस्थल वरपर र उडान अवतरण मार्गमा धुँवा देखिएको भन्दै विमानस्थल बन्द गरेको हो । 

All flights from Kathmandu airport are suspended

(02:51 PM)

प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिद्वारा स्विकृत

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्विकृत गरेका छन् ।

यससँगै राष्ट्रपतिले अब के गर्ने भन्ने छलफल पनि थालेका छन् । उनले कस्तो सरकार बनाउने भन्ने बिषयमा परामर्श थालिसकेको बुझिएको छ । 

Prime Minister's resignation accepted by President

(02:49 PM)

प्रधानमन्त्रीको राजीनामा पत्रमा के छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष बुझाएका राजीनामापत्रमा मुलुकमा उत्पन्न असामान्य परिस्थितिका कारण राजीनामा दिएको उल्लेख गरेका छन् । 

उनले बुझाएको राजीनामापत्रमा लेखिएको छ, हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको छु । 

What is in the resignation letter of the Prime Minister?

(02:26 PM)

प्रधानमन्त्रीले दिए राजीनामा 

अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको पुष्टी गरे । 

The Prime Minister resigned

(02:16 PM)

धमाधम राजीनामा दिदै मन्त्रीहरु 

सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमीमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।

सोमबार राती गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । मंगलबार बिहान कृषिमन्त्री रामनाथ अधिकारी र दिउँसो स्वास्थ्य मन्त्री प्रदिप पौडेलले राजीनामा दिए । 

आन्दोलन चर्किदै जाँदा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि पदबाट राजीनामा दिएका छन् । कांग्रेसकै तीन तीन जना मन्त्रीले राजीनामा दिइसक्दा पनि कांग्रेस सभापती शेरबहादुर देउवा भने सरकार छोड्ने मुडमा छैनन् ।

Ministers resigning in droves

(02:11 PM)

सिंहदरबार छिरे प्रर्दशनकारीहरु 

केही बेरअघिसम्म सिहंदरबार वरपर जम्मा भएका प्रर्दशनकारी यतिबेला सिंहदरबारभीत्रै छिरेका छन् ।

केही प्रर्दशनकारीहरु भने पुर्वी गेटबाट पनि भीत्र छिर्न खोजीरहेका छन् । यसबारेमा विस्तृत विवरण भने आइसकेको छैन् । 

(02:10 PM)

भैसेपाटस्थित मन्त्री निवासभीत्र आगजनी

भैसेपाटीस्थित मन्त्री निवासमा प्रर्दशनकारीहरुले आगजनी सुरु गरेका छन् । त्यहाँ तोडफोड हुने आँकलन गरेर नेपाली सेनाले मन्त्रीहरुलाइ भने हेलीकप्टरबाट सारीसकेको छ ।

सोमबार भएको जेनजीको प्रर्दशनमा सरकारले चरम दमन गरेको थियो । जसमा १९ जनाको मृत्यु भएको थियो । 

Fire inside minister's residence in Bhaisepat

(01:48 PM)

भैसेपाटस्थित मन्त्री निवासबाट मन्त्रीहरुलाइ हेलीकप्टरमा सार्दै सेना

देशभर प्रर्दशन चर्किदै गएपछि र एकपछि अर्को मन्त्री र उच्चपदस्थ अधिकारीहरुको घरमा आगजनी र तोडफोड सुरु भएपछि नेपाली सेनाले भैसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरुलाइ सार्न सुरु गरेको छ । 

उच्च सुरक्षा अधिकारीहरुका अनुसार संसद भवनको सुरक्षामा पनि सेनालाइ खटाइएको छ । त्यस्तै उच्च पदस्थ पदाधिकारीहरु सैनिक ब्यारेकमा सुरक्षा दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भने जारी परिस्थितीबारे मन्त्रीहरुसँग छलफलमा जुटेका छन् । 

(01:40 PM)

नेता प्रदीप ज्ञवालीको घरमा आगजनी, खाट, दराज बाहिर ल्याएर जलाइयो

शंखमुलस्थित एमाले नेता प्रदीप ज्ञवालीको घरभीत्रै छिरेर प्रर्दशनकारीहरुले आगजनी गरेका छन् । उनीहरुले पौडेलको घरभीत्र रहेका खाट, दराज र कागजपत्रहरु नै सडकमा ल्याएर जलाएका छन् । 

भ्रष्टचार,अनियमितता र वेथितीका बिरुद्धमा सोमबारदेखि सडकमै ओर्लिएर जेनजीहरुले प्रर्दशन गरेका थिए । जसमा १९ जनाको मृत्यु भएको थियो । त्यसैको विरोधमा मंगलबार बिहानैदेखि देशभर प्रर्दशन जारी छ । 

Congress leader Pradeep Paudel's house was set on fire, bed and drawers were brought outside and burnt

(01:25 PM)

कांग्रेस नेता प्रदीप पौडेलको घरमा तोडफोड *

शंखमुलस्थित कांग्रेस नेता प्रदीप पौडेलको घरमा तोडफोड भएको छ । प्रर्दशनकारीहरुले उनको घर बाहिर पुगेर तोडफोड सुरु गरेका हुन् । 

भ्रष्टचार,अनियमितता र वेथितीका बिरुद्धमा सोमबारदेखि सडकमै ओर्लिएर जेनजीहरुले प्रर्दशन गरेका थिए । जसमा १९ जनाको मृत्यु भएको थियो । त्यसैको विरोधमा मंगलबार बिहानैदेखि देशभर प्रर्दशन जारी छ । 

*सच्याइएको । 

Congress leader Pradeep Paudel's house ransacked

(01:18 PM)

प्रधानमन्त्री निवासमा आगजनी

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ ।

जेन-जी ले सोमबार गरेको प्रदर्शनका क्रममा १९ प्रदर्शनकारीको मृत्यु भएको थियो । त्यसैको विरोधमा आज देशभर प्रर्दशन चर्किएको छ । 

(01:02 PM)

आन्दोलनमा मृत्यु भएका १६ को शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याइयो

भ्रष्टचार, अनियमितता र बेथितीका विरुद्धमा जेनजीले गरेको आन्दोलनका क्रममा मृत्यु भएकाहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरीले १६ वटा शव पोस्टमार्टमका लागि अस्पताल ल्याइएको जानकारी दिए । उनले बाँकी ३ वटा शव पनि पोस्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको बताए । 

(12:56 PM)

प्रधानमन्त्रीले गरे सर्वदलिय बैठकको आह्वान

जेनजी प्रदर्शनमा बल प्रयोग गरेपछि आन्दोलन चर्किँदै गएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । 

उनले साँझ ६ बजे बैठक डाकेका छन् । उनले सार्वजनिक अपिल गर्दै शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्नुपर्ने पनि बताएका छन् । 

(12:43 PM)

प्रहरी पोस्टहरुमा आगजनी र तोडफोड

काठमाडौंका विभिन्न प्रहरी चौकीमा आगजनी तथा तोडफोड भएको छ । कान्तिपुर संवाददताहरुका अनुसार प्रहरी वृत्त बौद्द, प्रहरी प्रभाग थली, प्रहरी चौकी जोरपाटी, प्रहरी चौकी साँखु, प्रहरी चौकी मुलपानी, प्रहरी चौकी जम्मुडाँडा,प्रहरी प्रभाग कपनमा कतै आगजनी तथा कतै तोडफोड भएको छ । 

भ्रष्टचार, वेथिती र अनियमितता विरुद्ध जेन जीले सोमबार गरेको प्रर्दशनका क्रममा सरकारले गरेको दमन पछि १९ जनाको ज्यान गयो । त्यसैको विरोधमा आज विहानैदेखि देशभर प्रर्दशन जारी छ । 

(12:37 PM)

राष्ट्रपति निवासमा तोडफोड

राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घरमा तोडफोड भएको छ । 

सोमबार जेन जीले गरेको प्रदर्शनमा सरकारी दमन भएपछि आज देशभर प्रर्दशन भइरहेको छ । 

(11:46 AM)

घाइतेहरू भन्छन, सरकारले दमन गर्यो

बेथितिविरुद्ध आवाज उठाउने क्रममा सरकारले गोली चलाएको आन्दोलनका घाइतेहरूले बताएका छन् । सिभिल अस्पतालमा २७ जना युवा  उपचाररत छन् । उनिहरुले कान्तिपुरसँग कुरा गर्दै सरकारले चरम दमन गरेको बताए ।

अस्पतालमा घाइतेहरुको उपचार कसरी भइरहेको छ र उनिहरु के भन्छन भन्नेबारे विस्तृतमा बुझ्न : सिभिल अस्पतालका घाइते भन्छन्- 'बेथितिविरुद्ध आवाज उठाउँदा सरकारले नै गोली हान्यो'

The injured say that the government oppressed them

(11:41 AM)

सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयभित्र पसे प्रदर्शनकारीहरु

सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरु सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयभित्र प्रवेश गरेका छन् ।प्रदर्शनहरुले गेटबाहिर टायर बालेर प्रदर्शन गरिरहेका छन् । 

 विस्तृत समाचार : सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयभित्र प्रदर्शनकारी पसे

Protesters entered the offices of the Sudurpaschim Chief Minister and the Council of Ministers

(11:36 AM)

नेता र मन्त्रीका निवास अघि प्रर्दशन

भ्रष्टचार, वेथिती र अनियमितता विरुद्ध जेन-जीहरुले सुरु गरेको आन्दोलनमा सत्ताको दमन भएपछि आन्दोलनकारीहरुले नेता र मन्त्रीका घर अगाडी प्रर्दशन थालेका छन् ।

कांग्रेस सभापती शेरबहादुर देउवाको बुढानिलकन्ठ निवास, नैकापस्थित रमेश लेखकको निवास, अर्थमन्त्री विष्णु पौडेलको भैंसेपाटीस्थित निवास र  खुमलटारस्थित  पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको निवास बाहिर प्रर्दशन भएका छन् । बिहानै संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको निवास बाहिर पनि प्रर्दशन भएको थियो । 

प्रहरी स्रोतका अनुसार नेता र मन्त्रीहरुको निवास अघि प्रर्दशन बढेपछि सरकारले सुरक्षाकर्मीको संख्या बढाएको छ ।

(10:53 AM)

चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले प्रहरीको गाडी जलाए, गोली प्रहार

रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार गोली प्रहार भएको छ । सोमबारको प्रदर्शनका क्रममा भएको दमनविरुद्ध मंगलबार जेन–जी पुस्ताको विरोध प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको हो । प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सोही क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीसमेत जलाएका छन् । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले दर्जनौं हवाई फायर गरेको छ । घटनाको विवरण आउन बाँकी छ। चन्द्रनिगाहपुरको अवस्था अहिले तनावग्रस्त बनेको छ। 

Protesters set fire to a police car in Chandranigahpur, firing

(10:48 AM)

डोटीमा यातायात र बजार बन्द

सोमबारको प्रहरी दमन र हत्यापछि डोटीमा पनि जेन–जी पुस्ताले सरकारविरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार, वेथिति र अनियमितताविरुद्ध युवाहरुको गरेको प्रदर्शनका कारण डोटीको मुख्य व्यापारीक केन्द्र पिपल्ला बजार, राजपुर बजार र शिलगढी बजारमा बन्द भएका छन् । यस्तै यातायात पनि बन्द भएको छ । सरकारमा जुनसुकै दल र नेता गए पनि भ्रष्टाचार नियन्त्रण नभएको भन्दै युवाहरूले तीव्र असन्तुष्टि पोखेका छन्।

Traffic and markets closed at Doti

(10:41 AM)

बीपी प्रतिष्ठानका जुनियर डाक्टर र विद्यार्थीको प्रदर्शन

जेन–जी प्रदर्शनका क्रममा भएको हताहती र प्रहरी दमविरुद्ध धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर डाक्टर र विद्यार्थीहरुले मंगलबार बिहान सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिष्ठानका आवासीय एमबिबिएस डाक्टर (जेआर) र अध्ययनरत विद्यार्थीहरुले हातमा प्लेकार्ड बोकी प्रांगणभित्रै नाराबाजी गरेका थिए । उनीहरुले लोकतान्त्रिक व्यवस्थामा विद्यार्थीको आवाज सुन्नुपर्ने ठाँउमा उल्टै हत्या गरिएको घटनाले सरकारको असंवेदनशीलता प्रष्ट पारेको उनीहरुले बताएका छन् ।

Performance by junior doctors and students of BP Academy

(10:41 AM)

दाङमा बिहानैदेखि प्रदर्शन

युवा विद्यार्थीहरुले जिल्लाका विभिन्न ठाउँमा मंगलबार बिहानैदेखि प्रदर्शन गरेका छन् । सोमबार काठमाडौं लगायत देशका विभिन्न ठाउँमा भएको प्रहरी दमनको विरोधमा घोराहीका विभिन्न कलेजका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । सहरका विभिन्न ठाउँबाट युवाहरू स्वस्फुर्त पनि सडकमा निस्किएका छन् । उनीहरूले सरकार र प्रहरीविरूद्ध चर्का नारा लगाएका थिए । राष्ट्रिय झण्डा र प्लेकार्ड बोकेका युवाहरूले बजार परिक्रमा गरे । शोकमा जिल्लाका सबै निजी विद्यालय बन्द छन् । केही सामुदायिक विद्यालय भने खुलेका छन् ।

Demonstrations in Dang since dawn

(10:26 AM)

संचारमन्त्री गुरुङको घरबाहिर नाराबाजी

ढोलाहिटीस्थित संचारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरबाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरिरहेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यलयका अनुसार मन्त्री गुरुङको घरबाहिर नारावाजी चलीरहेको छ । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिती देखिन्छ । 

Chanting outside the house of Communications Minister Gurung

(10:22 AM)

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । 'यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन,' उनले भने, 'राजीनामा दिँदैछु ।'

Health Minister Pradeep Paudel will also resign

(10:20 AM)

विहानैदेखि तनावग्रस्त झापा

झापाका विभिन्न शहर विहानैदेखि तनावग्रस्त बनेका छन् । विर्तामोड, कनकाईलगायतका मुख्य क्षेत्रमा प्रदर्शनकारीले आगजनी समेत गरेका छन भने मेचीनगरतर्फ पूर्व–पश्चिम राजमार्ग नै बन्द गर्ने प्रयास भइरहेको छ ।

प्रदर्शनकारीले टायरलगायत वस्तु बालेर सडक अबरुद्ध पारेका छन् । विर्तामोडको मुक्तिचोक, कनकाईको सुरुङ्गा लगायत क्षेत्र धुँवा र अशान्त वातावरणका कारण तनावग्रस्त बनेको छ । मेचीनगरतर्फ भने समूहगत रुपमा सडकमा अवरोध गर्ने र सवारी साधन बन्द गर्ने प्रयास भइरहेको छ । 

Jhapa has been stressed since morning

(10:15 AM)

उपत्यका प्रहरी कार्यालय एआइजी दानबहादुर कार्कीलाई खटाइयो

प्रहरी प्रधान कार्यलयले मानव स्रोत विभाग प्रमुख एआइजी दानबहादुर कार्कीलाई उपत्यका प्रहरी कार्याल जिम्मेवारीमा पठाएको छ ।

एआइजी टेकबहादुर तामाङ अवकासमा गएपछि उपत्यका प्रहरी कार्यालय नेतृत्व विहिन थियो । सोमबार जेन-जीमाथि राज्य निर्मम रुपमा प्रस्तुत हुँदा उपत्यका प्रहरी नै नेतृत्व विहिन थियो । 

Valley Police Office AIG Dan Bahadur Karki was assigned

(10:01 AM)

काठमाडौंमा ८ जना पक्राउ

काठमाडौंबाट ८ जना पक्राउ परेका छन् । जसमा २ महिला छन् । कर्फ्यु उल्लंघन भएको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ ।

8 people arrested in Kathmandu

(09:58 AM)

सिभिल अस्पतालमा २७ जनाको उपचार हुँदै

जेन-जीको अगुवाइमा सोमबार काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर तथा झडपमा परी घाइते भएका २७ जनाको बानेश्वरस्थित अस्पतालमा उपचार भइरहेको छ । 

(09:56 AM)

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनिश्चतकालीन निषेधाज्ञा आदेश जारी गरेको छ । सोमबार जिल्लामा जेनजी प्रदर्शनका क्रममा प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा. टोकराज पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

(09:55 AM)

चक्रपथभित्र अनिश्चितकाली कर्फ्यु

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अर्को आदेश जारी नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको बताएका छन् । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ ।

(09:53 AM)

ललितपुर प्रशासनले जारी गर्‍यो कर्फ्यु आदेश

जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी गरेको छ । वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्रअन्तर्गत पूर्वमा भैंसेबाट बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार–गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोल पम्पभन्दा तलको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओरालो क्षेत्रमा कर्फ्यु लागू हुनेछ । यसैगरी वडा नं २ सानेपास्थित इन्द्रायणी मार्ग आसपास क्षेत्रमा पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिर पक्की सडक, पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरतर्फ चक्रपथ सडककको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र, दक्षिणतर्फ इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडक क्षेत्रमा कर्फ्यु जारी भएको हो । वडा नं. ९ को च्यासल क्षेत्रअन्तर्गत पूर्वमा मनोहरा खोलाको करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल खेलमैदान, उत्तरमा मनोहरा खोला र दक्षिणमा मल पोखरी जाने बाटोमा कर्फ्यु आदेश जारी गरिएको छ ।

(09:16 PM)

वीरगन्ज महानगर क्षेत्रमा कर्फ्यु आदेश

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सोमबार राति ९ बजे देखि मंगलबार बिहान ९ बजे सम्मका लागि उक्त कर्फ्यु आदेश जारी गरेको छ । 

यसअघि काठमाडौं, सुनसरी, कास्की र रुपन्देहीका विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरीसकेका छन् । 

विस्तृत समाचार : वीरगन्ज महानगर क्षेत्रमा राति ९ देखि बिहान ९ बजेसम्म कर्फ्यु

(08:26 PM)

जेन–जीले गरेको प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न सरकारले समिति गठन गर्ने

जेन–जीले गरेको प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ ।

यसबारे विस्तृतमा पढन : जेन–जीको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय

The government will set up a committee to investigate the incidents that happened during the demonstration by Jen-G

(08:23 PM)

प्रधानमन्त्री ओली अझै सामाजिक संजाल खोल्न नहुने पक्षमा, मन्त्रीपरिषद्ले गरेन निर्णय

कांग्रेस पदाधिकारी बैठकले सामाजिक संजाल तत्काल खोल्न दबाब दिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण यसमा कुनै निर्णय हुन सकेन् । प्रधानमन्त्री ओली अझै सामाजिक संजाल खोल्न नहुने पक्षामा छन् ।  

बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री रमेश लेखकले आफ्नो राजीनामा बुझाउँदै सामाजिक संजाल खुलाउने बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गराएका थिए । स्रोतका अनुसार उनले भनेका थिए, 'धेरै मान्छेको ज्यान गयो । त्यसप्रति नैतिक जिम्मेवारी लिदै मैले राजीनामा दिएको छु । सामाजिक संजाल खुलाउने बिषयमा पार्टीले निर्णय गरेको छ । यसमा प्रधानमन्त्रीको ध्यानआकर्षण गराउँछु ।'

बैठकमा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले पनि सामाजिक संजाल खुलाउनुपर्ने बिषयमा अडान लिएका थिए । मन्त्रीपरिषद्ले निर्णय नगरेपछि कांग्रेस सभापती शेरबहादुर देउवा ओलीलाइ भेटन वालुवाटार जाँदैछन् । 

The Council of Ministers did not decide on whether Prime Minister Oli should open social networks yet

(08:16 PM)

गृहमन्त्री रमेश लेखकले राजीनामा दिए

चौतर्फी आलोचनापछि अन्तत: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । 

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा दिएका हुन् । 

उनले १४ महिना गृहमन्त्रालयको नेतृत्व सम्हाले । 

विस्तृत समाचार : गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

Home Minister Ramesh Ukhar resigned

(08:14 PM)

खुमलटारमा माओवादीको पदाधिकारी बैठक बस्ने

जेन जी आन्दोलनपछि 'जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान' स्थगित गरेको माओवादीको खुमलटारमा पदाधिकारी बैठक बस्दैछ ।  

बैठकमा आजको प्रर्दशनबारे र सरकारको राजीनामा माग्ने बिषयमा छलफल गर्ने जनाईएको छ । 

Maoist officials will hold a meeting in Khumaltar

(08:04 PM)

आन्दोलनमा घाइते हुनेको संख्या बढ्दै

जेन जी हरुको आन्दोलनमा घाइतेहरुको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ अस्पतालमा ४ सय २२ जना उपचाररत छन् । १० जना भने डिस्चार्ज भइसकेका छन् । 

(08:02 PM)

ट्रमा सेन्टरमा जे देखियो

साँझ ६ बजेतिर म ट्रमा सेन्टर पुगेका कान्तिपुर संवाददाता विवेक पोख्रेलले त्यहाँ कस्तो दृश्य देखे ?

उनले अस्पतालको इमर्जेन्सीमा कुदाकुद गरिरहेका डाक्टर र घाईतेको लश्कर देखे । आन्दोलनका क्रममा ज्यान गुमाएका ८ जनाको शव पनि  देखे । अनि अस्पताल बाहिर भइरहेको प्रर्दशनबाट तर्सिरहेका बिरामी र आफन्ती देखे । 

विस्तृतमा पढन : ट्रमा सेन्टरमा मैले जे देखें

What was seen in the trauma center

(07:43 PM)

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाइ फोनमा के भने ?

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल खुला गर्न आग्रह गरेका छन् ।

कांग्रेस पदाधिकारी बैठकपछि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका तत्काल खारेज पनि आग्रह गरेका छन् ।

विस्तृत समाचार : कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भने : तत्काल सामाजिक सञ्जाल खोल्नुहोस्

What did Congress President Sher Bahadur Deuba say to Prime Minister Oli on the phone?

(07:41 PM)

गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन्

सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ३ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् ।

कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए ।

विस्तृत समाचार : राजीनामा दिने तयारीमा गृहमन्त्री लेखक

Home Minister Ramesh Akhtar has prepared to resign

(07:10 PM)

कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग

सोमबार भएको घटनालाइ लिएर कांग्रेस पदाधिकारीको बैठक बुढानिलकण्ठस्थित पार्टी सभापती शेरबहादुर देउवाको निवासमा बसिरहेको छ । पार्टीभीत्र सरकार छोडनुपर्ने व्यापक दबाब परिरहेका बेला यस बिषयमा पार्टीको औपचारिक धारणा बनाउन बैठक बसेको हो । 

स्रोतका अनुसार पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बिषयमा कुरा उठेको छ । 

In the meeting of the Congress office bearers, the Home Minister asked to resign

(06:55 PM)

वर्तमान सरकारको औचित्य पूर्ण रूपमा समाप्त भयो : रास्वपा

रास्वपाले वर्तमान सरकारको जनप्रतिवाद हुने चेतावनी दिएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै सोमबार जेन-जीको प्रदर्शनमा सरकारले गरेको दमनको भर्त्सना गरेको छ । 

रास्वपाले भनेको छ, 'आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।' रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै ताजा जनादेश(अर्ली इलेक्सन) को माग पनि गरेको छ । 

विस्तृत समाचार :रास्वपाले भन्यो : प्रधानमन्त्री राजीनामा देऊ, 'अर्ली इलेक्सन' गर  

The rationale of the present government is completely gone: RSP

(06:50 PM)

मृत्यु भएकामध्ये ५ को सनाखत

जेन-जीहरूको आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ५ जनाको मात्रै सनाखत भएको छ । काठमाडौंमा मात्रै प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको छ । 

इटहरीमा पनि २ जनाको मृत्यु भएको थियो । 

विस्तृत समाचार : ट्रमा सेन्टरमा मृत्यु भएका ५ जनाको सनाखत

Identification of 5 of the dead
तस्बिर : सुरज कुँवर/कान्तिपुर

(06:36 PM)

बानेश्वर घटना भवितव्य होइन, हत्या हो : तिम्सिना

एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले बानेश्वरमा जेन-जीको प्रदर्शनमा भएको दमन हत्या भएको बताएकी छिन् । ‘आजको बानेश्वर काण्ड कुनै भवितव्य होइन, यो हत्या हो  । निहत्था बाल – बालिकाहरूको हत्या,’ उनले आफ्नो फेसबुकमा लेखेकी छन्,‘यो हत्याको बदला समयले तिमीहरूलाई अवश्य लिने छ ।’

‘१८ नकटेका, कलेजबाट आफ्नो पुस्ताको आन्दोलनमा सहभागी हुन हिँडेका, कलेज ड्रेसका केटाकेटीलाई गोलीले भुट्ने अधिकारको यो देशको शासकलाई थिएन,’ उनले लेखेकी छन्,‘संसद् भवन जलेको भए मूल्य ५ अर्ब हुन्थ्यो होला । आज १६/१६ जना युवायुवतीको जिन्दगीको मूल्य कस्तो फुली लगाएको ? कति बलियो सत्तासीनले तिर्न सक्छ ?’

Baneshwar incident is not fate, it is murder: Timsina

(06:14 PM)

विभिन्न अस्पतालमा रगतको उच्च माग

भ्रष्टाचारविरोधी जेन-जी प्रदर्शनमा दर्जनौँ घाइते भएपछि विभिन्न अस्पतालमा रगतको उच्च माग रहेको छ । नेपाल रेडक्रम सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाबाट वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा मात्र २ सय पिन्ट रगत पठाइएको छ । घाइतेहरूको संख्या उच्च भएपछि विभिन्न अस्पतालमा स्वत:स्फुर्त रूपमा रक्तदान गर्नेहरूको लाइन लागेको छ । 

(06:10 PM)

सरकारको औचित्य सकियो : माओवादी

प्रमुख प्रतिपक्षी दल माओवादीले जेन–जीको आन्दोलनमा दमन गर्दा डेढ दर्जन युवाहरुको मृत्यु र दुई सयभन्दा बढी घाइते भएको घटना गम्भीर रहेको भन्दै सरकारको औचित्य सकिएको बताएको छ ।

गोरखाको आरुघाटमा मध्यपहाडी राजमार्ग अभियान स्थगित गरी आकस्मिक रूपमा पदाधिकारी बैठक बसी माओवादीले सरकारको औचित्यमाथि प्रश्न उठाएको हो ।

विस्तृत समाचार : माओवादीले भन्यो : यो सरकारको औचित्य सकियो

Government justification is over: Maoists

(05:36 PM)

इटहरी उपहामहानगरपालिकाको कार्यालयमा प्रदर्शनकारीले लगाए आगो

इटहरी उपहामहानगरपालिकाको कार्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । उपमहानगरको मूलगेटसहित मेयरको कार्यकक्ष र गेटबाहिर रहेका दुई वटा निजी घरमा पनि तोडफोड गरिएको छ । उपमहानगर क्षेत्रका मुख्य चोकमा सेना परिचालन गरिएको छ ।

Demonstrators set fire to the office of Itahari Upaha Metropolitan Municipality

(05:34 PM)

दमकस्प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा

दमक नगरपालिकास्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको थियो । यसअघि दमकमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा करिब १० जना घाइते भएका छन्। 

(05:34 PM)

दमकस्थित प्रधानमन्त्री ओलीको घरमा ढुंगामुढा

दमक नगरपालिकास्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा ढुंगामुढा भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको थियो । यसअघि दमकमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा करिब १० जना घाइते भएका छन्। 

विस्तृत समाचार : दमकस्थित प्रधानमन्त्री ओलीको घरमा ढुंगामुढा

Dhungamudha at the residence of Prime Minister KP Sharma Oli
फाइल तस्बिर : दमकस्थित ओली निवास ।

(05:21 PM)

कहाँ कहाँ लाग्यो कर्फ्यु ?

सोमबारको प्रदर्शन नियन्त्रणमा लिन भन्दै काठमाडौंसहित सुनसरी, कास्की र रुपन्देहीका विभिन्न क्षेत्रमा  स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रशासन कार्यालयहरुले उल्लेख गरेका छन् ।

विस्तृत समाचार :काठमाडौंसहित देशका चार जिल्लामा कर्फ्यु

Where is the curfew?
तस्बिर : सुरज कुँवर/कान्तिपुर

(04:51 PM)

जारी आन्दोलनबारे अन्तराष्ट्रिय सञ्चारमाध्यमले के लेखिरहेका छन ?

काठमाडौं लगायत देशैभर जारी जेन जी आन्दोलनबारे विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् ।

भारतको इकोनमिक टाइम्स, इन्डिया टुडे, टाइम्स अफ इन्डिया लगायतले पनि यस घटनाको कभरेज गरेका छन् । इन्डिया टुडेले प्रत्यक्ष प्रसारण गर्दै सरकारले सामाजिक सञ्जाल एपहरू निस्क्रिय बनाएकाले जेन–जी आन्दोलन सुरु भएको जनाएको छ । समाचार संस्था एएफपीले हजारौँ युवाहरूले काठमाडौँमा प्रदर्शन गरेको जनाएको छ । 

विस्तृतमा पढन : जेन-जी आन्दोलनबारे के लेख्दै छन् विदेशी सञ्चार माध्यम ?

What is the international media writing about the ongoing movement?

(04:40 PM)

मृत्यु हुने आन्दोलनकारीको संख्या १४ पुग्यो

प्रहरीको गोली लागी मृत्यु हुने आन्दोलनकारीको संख्या १४ पुगेको छ ।

कान्तिपुरले संकलन गरेको विवरण अनुसार ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा २ जना, एभरेष्ट अस्पतालमा ३ जना र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा १ जना गरेर, टिचिङ अस्पतालमा १ जना गरेर १४ जनाको मृत्यु भएको हो । 

विस्तृत समाचारका लागि : जेन-जी प्रदर्शन : १४ को मृत्यु, २ सयभन्दा बढी घाइते

The number of protesters who died reached 14

(04:25 PM)

सञ्चार मन्त्रालयले भन्यो, जेन-जीको प्रदर्शनबारे बोल्न मिल्दैन

दर्ता हुन नआएको भन्दै सरकारले २६ वटा सामाजिक संजाल प्लाटफर्महरू निस्क्रिय पार्ने काममा सक्रिय बनेको संचार मन्त्रालयले सोमबार भएको जेन-जीको प्रदर्शनबारे टिप्पणी गर्न अस्विकार गरेको छ । 

कान्तिपुरको प्रश्नमा मन्त्रालयका एक उच्च अधिकारीले भने, 'मन्त्रिपरिषद्को प्रस्तावपछि मन्त्रालयले यो निर्णय लिएको थियो । यत्रो आन्दोलन भयो, आजै मन्त्रिपरिषद् बैठक बस्दै छ, मन्त्रिपरिषद्ले टिप्पणी गर्ला, हामीले गर्न मिल्दैन ।’ 

The Ministry of Communications said it cannot comment on Jin-ji's performance

(04:19 PM)

पोखरामा प्रदर्शनकारीले तोडफोड गरे सरकारी गाडी

अनुप पौडेल (कास्की)

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेन–जीले पोखरामा सरकारी गाडी तोडफोड गरेका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नजिकै मिलनचोकमा सोमबार दिउँसो बा २ झ ४२२ नम्बरको गाडी तोडफोड भएको हो ।

मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेपछि प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट लखेटेको थियो । त्यसपछि प्रदर्शनकारी भाग्ने क्रममा गुड्दै गरेको सरकारी गाडीबाट चालकलाई निकालेर तोडफोड भएको प्रत्यक्षदर्शी पत्रकार सुभाष पौडेलले बताए । उक्त गाडी कुनै कार्यालयको हो भन्ने खुलिनसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले बताइन् । पोखरामा प्रदर्शनले उग्र रुप लिएपछि दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

Demonstrators vandalized a government vehicle in Pokhara

(04:07 PM)

मृत्यु हुनेको संख्या १३ पुग्यो

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनका क्रममा मृत्यु हुनेको सख्या १३ पुगेको छ ।

ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ जना, एभरेष्ट अस्पतालमा ३ जना र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा १ जना गरेर, टिचिङ अस्पतालमा १ जना गरेर १३ जनाको मृत्यु भएको हो । 
विस्तृत समाचार:  जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १३ को मृत्यु

The death toll has reached 13

(03:59 PM)

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ३५ घाइतेको उपचार जारी, २ को अवस्था गम्भिर

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनका क्रममा घाइते भएका ३५ जनाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । 

अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको र १ जनाको मृत्यु भएको जानकारी दिए । 

At Kathmandu Medical College in Sinamangal, treatment of 35 injured continues, condition of 2 is serious

(03:52 PM)

मानवअधिकारकर्मीको अनुरोध : सरकारले आफ्नो निर्णय तत्काल सच्चाओस्

मानवअधिकारकर्मीहरूले जेन-जी समूहको खबरदारी कार्यक्रममा भएको बल प्रयोग र सरकारले सामाजिक सञ्जालमाथि लगाएको रोक दुवै गलत कदम भएको टिप्पणी गरेका छन् । जवाफदेही निगरानी समूहले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गरेर उल्टो नागरिकलाई नै दण्डित गर्ने कार्य खेदजनक भएको जनाएको छ ।  उनीहरूले सरकारलाई उक्त निर्णय तत्काल सच्याउनसमेत अनुरोध गरेको छ । 

सूचीकरण नगरेको नाउँमा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयप्रति जवाफदेहिता निगरानी समिति गहिरो खेद प्रकट गरेको छ  । नियमन तथा व्यवस्थापनका लागि मानवअधिकारमैत्री रचनात्मक उपायहरू खोज्नेतर्फ नलागी आफ्नै नागरिक दण्डित हुने परिस्थिति निम्त्याउने गरी हठात् सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने यो कदम लोकतन्त्र र मानवअधिकारका मूल्य–मान्यता विपरीत  भएको उनीहरूको तर्क छ ।

फेसबुक, मेसेन्जर, युट्युबलगायतका लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्न सरकारले आड लिएको 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०' ले वैधानिकता गुमाइसकेको तथ्यलाई सरकारले पूर्णतः बेवास्ता गरेको  उनीहरूको आरोप छ । संविधानले प्रत्याभूत गरेका शिक्षा, स्वास्थ्य, श्रम, खाद्य, उपभोक्ता हित, संस्कृति र सामाजिक न्यायसम्बन्धी मौलिक हकसमेत कुण्ठित हुन पुगेका विज्ञप्तिमा उल्लेख छ ।

समूहका तर्फबाट राजुप्रसाद चापागाई (संयोजक), राजन कुइँकेल (सहसंयोजक), रुकमनी महर्जन (सहसंयोजक), सदस्यहरू: चरण प्रसाई, गौरीशंकरलाल दास, मन्दिरा शर्मा, दिनेश त्रिपाठी, सुमन अधिकारी/ देवी सुनुवारले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।  

Request of human rights workers: The government should correct its decision immediately

(03:48 PM)

जेन-जीको प्रदर्शनमा प्रहरी दमन : के गर्दै छ मानव अधिकार आयोग ?

जेन-जी पुस्ताले गरेको आन्दोलनमा सरकारले अध्याधिक बल प्रयोग गर्दा पनि मानव अधिकार आयोग भने मौन छ। मानव अधिकार हनन्‌का घटनामा अनुगमन गर्ने निकाय किन मौन भनेर प्रश्न उठेको छ। तर आयोगले सोमबार अपरान्हसम्म पनि कुनै प्रतिक्रिया जनाएको छैन।

आयोगको टोली भने फिल्डमै खटिएर मानव अधिकारको अवस्था अनुगमन गरिरहेको आयोगका प्रवक्ता टिकाराम पोखरेलले बताए ।

उनको अनुसार आयोगको टोली आफैँ आक्रमणमा परेका छन्। बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा आयोगको सवारी साधन र अनुगमनमा खटिएका मानव अधिकार रक्षकहरुमाथि पनि आक्रमण भएको र उनीहरुको रेस्क्यू चलिरहेको उनले जानकारी दिए । ‘आयोगबाट खटिएको एउटा टोली फिल्डबाट फर्केको छ र अर्को टोली गएको छ । तर प्रदर्शनस्थलमा आयोगका रक्षकहरु नै घाइते भएका छन् ’ पोखरेलले भने, ‘उनीहरुको उद्दारमा छौँ । दिनभरको अनुगमन प्रतिवेदन केही बेरमा सार्वजनिक गर्छौ ।’

भ्रष्टाचार अनि सामाजिक सञ्जालमा रोक लगाएको विरोधमा जेएनजी पुस्ताले विरोध प्रदर्शन गरेका थिए त्यस क्रममा सरकारका तर्फवाट बल प्रयोग हुदै गोली समेत चलेको थियो । गोली लागेर हालसम्म एक जनाको मृत्यू भएको छ ।

(03:43 PM)

दमकमा गोली लागेका युवकलाई बीएण्डसी पठाइयो

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनालाई थप उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको छ ।

आन्दाेलनकारीले दमक नगरपालिकाकाे कार्यालय कब्जामा लिन खाेजेपछि प्रहरीले बल प्रयाेग गरेकाे जनाएको छ।

अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार देब्रे खुट्टामा गोली लागेर अस्पताल ल्याइएका २६ वर्षीय युवकको अवस्था गम्भीर भएपछि बिएण्डसी अस्पताल रिफर गरिएको हो ।

(03:42 PM)

आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुग्यो

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरबाट सुरु भएको आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रहरीको बल प्रयोगबाट घाईते भएका ४८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । अस्पताल स्रोतबाट प्राप्त  विवरणहरुका अनुसार मृत्यु हुनेमा धेरैलाइ गोली लागेको छ । 

विस्तृत समाचार: ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

The death toll in the movement reached 10

(03:40 PM)

खोटाङमा पनि जेन-जीको प्रदर्शन

दिक्तेलमा जेन–जीले प्रदर्शन गरेका छन्। सोमबार मध्यान्ह १२ बजे त्रिवेणी चौकबाट सुरु प्रदर्शन हाटडाँडा–त्रिवेणीचौक, बेसक्याम्प, रत्नपार्क हुँदै किरातचौकसम्म प्रदर्शन गरेका हुन् ।

'भ्रष्ट्राचारी मुर्दावाद, सामाजिक सञ्जाल बन्द होइन, नियमन गर, युवाको भविष्य सुनिश्चित गर' लगायतका नाराबाजी गर्दै दिक्तेल बजारमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विद्यालयका बालबालिका, शिक्षक लगायतको पनि सहभागिता थियो ।

Gen-ji's performance in Khotang as well

(03:39 PM)

पोखरा अनिश्चितकालका लागि कर्फ्यू

जिल्ला प्रशासन कार्यालय पोखराले जेन-जीहरूको प्रदर्शनका क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गरेको छ । प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाइएको छ।

विस्तृत विवरण : पोखरामा पनि अनिश्चितकालीन कर्फ्यू आदेश

Pokhara curfew indefinitely

(03:36 PM)

पोखरामा पनि अनिश्चितकालीन कर्फ्यू आदेश

कास्कीको पोखरामा पनि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले जेन-जीहरूको प्रदर्शनका क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गरेको हो।

सोमबार दिउँसो २ बजेदेखि चार किल्लाभित्र पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी जुलुस, धर्ना र प्रदर्शन निषेध गरिएको छ।

पूर्वतर्फ वाईचोक, पश्चिमतर्फ बैदामको फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणतर्फ राष्ट्रबैंकलाई निषेधित क्षेत्र कायम गरिएको छ । यो क्षेत्र सरकारी कार्यालय भएको क्षेत्र हुन्।

जेन–जी प्रदर्शनकारीले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले अश्रुग्यास, गोली र पानीको फोहोरमार्फत प्रदर्शनकारीलाई तितरबितर पारेको छ ।

Indefinite curfew order also in Pokhara

(03:35 PM)

जनकपुरमा टायर बालेर जेन–जीको प्रर्दशन

 जनकपुरधाममा टायर बालेर जेन–जी पुस्ताले प्रर्दशन गरेको छ । अहिले जनक चोकमा टायर बालेर सरकारविरुद्ध प्रर्दशन भइरहेको छ।

उनीहरुले 'सरकार मुर्दावाद, गृहमन्त्री राजिनामा दे, जेन–जी हाय/हाय अरु सबै बाई बाई' लगायतको नाराबाजी गरेका थिए । इन्ड करप्सन, आइएम वीथ जेनजी मुभमेन्ट, स्टोप क्रप्सन, युथ युनाइटेड फ्युचर ब्राइट’ लगायतका प्लेकार्ड बोकेका थिए ।

Demonstration of Gen-G by burning tires in Janakpur

(03:26 PM)

मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको घटनालाइ लिएर ६ बजे मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

मन्त्रीपरिषद् बैठक बस्नुअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने तयारी भइरहेको सरकारका एक मन्त्रीले बताए । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भइसकेको छ । दर्जनौं घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ । 

An emergency meeting of the Council of Ministers is being held

(03:23 PM)

आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ६

ष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ट्रमा सेन्टर पुर्‍याइएका ४ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो ।

विस्तृत समाचार : ट्रमा सेन्टरमा मात्रै ४ को मृत्यु, मृतकको संख्या ६ पुग्यो

The number of deaths during the movement 6
तस्बिर : सुरज कुँवर/कान्तिपुर

(03:23 PM)

पोखरामा प्रदर्शनकारी र प्रहरीबीच झडप

पोखरामा जेन–जी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय क्षेत्रमा प्रदर्शन गरेपछि र सरकारी गाडी तोडफोड गरेपछि झडप सुरु भएको हो ।

स्थिति नियन्त्रणमा लिन पोखराको रत्नचोकमा प्रहरीले अश्रुग्यास र गोली चलाइरहेको छ । 

Clash between protesters and police in Pokhara

(03:20 PM)

आन्दोलनमा घुसपैठ भयो, शान्तिपूर्ण संघर्ष जारी रहन्छ : जेन-जी आन्दोलन

 जेन-जी मुभमेन्ट नेपालले सुचना जारी गर्दै आन्दोलनमा घुसपैठ भएको जनाएको छ । ‘आज हाम्रो आन्दोलनले एकदमै दुःखदायी मोड लियो । न्याय, जवाफदेहिता र सुशासनका लागि सुरु गरिएको हाम्रो शान्तिपूर्ण आवाज तोडफोड र संसद् भवनतर्फ जबरजस्ती प्रवेशको प्रयासले प्रभावित भयो । तर स्पष्ट पार्न चाहन्छौं, यो हाम्रो मुल उद्देश्य कहिल्यै थिएन,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, जेन-जीले शान्तिपूर्ण संघर्ष गर्ने जनाएको छ। ‘जेन-जी को आवाज अझै पनि शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष नै हो । हाम्रो आन्दोलन भवन वा संस्था विरुद्व होइन । भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग र विश्वासघात विरुद्ध हो,’ सुचनामा थप भनिएको छ, ‘सम्पूर्ण नागरिक नागरिक, नेपाल प्रहरी, विश्व समुदायलाई स्पष्ट सन्देश छ । केही व्यक्तिहरुका कार्यलाई यो पुस्ताको आवाज ठान्ने गल्ती नगर्नुहोस्। हाम्रो आवाज चोइटिन सक्दैन । नत अपहरण गरिन सकिन्छ । हामी शान्तिको पक्षमा छौं । हामी न्यायका पक्षमा छौं । हामी भविष्यको पक्षमा छौं ।’

Movement Infiltrated, Peaceful Struggle Continues: The Zen-Zi Movement

(03:13 PM)

घाइतेले अस्पताल भरिभराउ

बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका घाइतेले नजिकका दुई अस्पताल भरिभराउ भएका छन् । सिभिल र एभरेस्ट अस्पतालमा दर्जनौं एम्बुलेन्सले घाइते ओसारेका छन् ।

विस्तृत समाचार: सिभिल अस्पताल घाइतेले भरियो, स्वास्थ्यकर्मी र स्वयंसेवकलाई भ्याइनभ्याइ

The hospital was filled with wounded

(03:10 PM)

भरतपुरमा स्थिति तनावपूर्ण

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनका क्रममा भरतपुरमा स्थिति तनावपूर्ण बनेको छ ।

प्रर्दशनकारीहरुले भरतपुर महानगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ । जेन–जी सम्बद्ध एक समूहले सोमबार बिहान एक घण्टा प्रदर्शन गरेका थिए । 

The situation in Bharatpur is tense

(02:19 PM)

कुनै पनि आन्दोलनलाई अन्डरमाइन गर्न मिल्दैन : प्राध्यापक, खनाल

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले जेन-जीले भनेजस्तै सामाजिक सञ्जाल खोल्ने माग पुरा नगरे यसको गन्तव्य यसै भन्न नसकिने बताएका छन्  । कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘कुनै पनि आन्दोलनलाई अन्डरमाइन गर्न मिल्दैन । यो आन्दोलनले सरकारलाई दबाब पुयो होला । अब माग सम्बोधन गर्न ढिलाइ गर्न हुँदैन ।’ 

उनले जेन-जीको प्रदर्शन दुरुपयोग हुने कुरामा सचेत हुनुपर्ने बताउँदै भने, ‘राजनीतिक उद्देश्यका लागि दुरुपयोग हुने संभावना देखिन्छ । यसमा ठूलो सचेतनाको आवश्यकता छ ।’ विस्तृत सामाग्री जेन-जीको दैनिकी बनेको सामाजिक सञ्जाल तुरुन्त खोल्नु नै निकास : प्राध्यापक खनाल

No movement can be undermined: Professor, Khanal

(02:13 PM)

आन्दोलनमा घाइते भएका ४८ जनाको विभिन्न अस्पतालमा उपचार जारी

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनमा घाइते भएका ४८ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यलयका अनुसार सिभिल र वीर अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । 

निरन्तरको अपडेट जारी छ । 

Treatment of 48 people injured in the protest continues in various hospitals

(02:09 PM)

एक प्रदर्शनकारीको मृत्यु

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहन रेग्मीले उपचारका क्रममा एक जनाको अस्पतालमा मृत्यु भएको पुष्टि गरे । उनले भने, 'अस्पतालमा दर्जनौं घाइते छन् ।'

Death of a protester

(02:01 PM)

दाङमा पनि जेन जीको प्रदर्शन

जेन जी समूहले दाङका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । घोराही, तुलसीपुरलगायत मुख्य-मुख्य सहरमा युवाहरू भेला भएर नाराबाजी गरेका छन् । 

उनीहरूले भ्रष्टाचार र सामाजिक सन्जालमा भएको प्रतिबन्धको विरोधमा नारा लगाएका छन् । राष्टिय झण्डा र प्लेकार्ड बोकेका युवाहरूले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको गेट अगाडिसमेत प्रदर्शन गरेका थिए ।

Zhen Ji's performance in Dang as well

(01:59 PM)

इटहरीमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप

भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै इटहरीमा बिहान ११ बजेदेखि प्रदर्शनमा उत्रिएका जेन–जी र प्रहरी बीच दिउँसो झडप भएको छ ।

इटहरी उपमहानगर कार्यालय अगाडि भएको प्रदर्शन उग्र बन्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको थियो । झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ केही घाइते भएका छन् ।

अश्रुग्यास प्रहारपछि केहीबेर प्रदर्शनकारी तितरबितर भए पनि फेरि प्रदर्शन भइरहेको छ ।

Clashes between protesters and police also in Itahari

(01:55 PM)

जेन जी आन्दोलनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

जेन जीको आन्दोलनमा प्रहरीले गोली चलाएपछिको परिस्थितिबारे छलफल गर्न रास्वपाले सचिवलाय बैठक बोलाएको छ।  बैठक केन्द्रीय कार्यालयमा बस्ने तयारी गरेको रास्वपाले जनाएको छ । 

RSVP has called a secretariat meeting to discuss the Gen Ji movement

(01:52 PM)

नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलन झडपमा परिणत भएसँगै सरकारले नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरेको छ । यसअघि सरकारले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरीसकेको छ ।

माइतीघरबाट प्रर्दशनकारीहरु बानेश्वरको संसद भवन क्षेत्रमा पुगेपछि प्रहरीले अश्रु ग्यास र रबरको गोली प्रहार गरेको थियो ।  

Army deployment in New Baneshwar area

(01:41 PM)

प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते

बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। अहिलेसम्म कति प्रदर्शनकारी घाइते भएका छन भन्नेबारे एकिन तथ्यांक आइसकेको छैन् । कान्तीपुर संवादाताहरुका अनुसार घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Dozens of demonstrators were injured by police firing

(01:39 PM)

जेन-जी प्रदर्शन : गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते

बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। 

घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

हामी नेपाल संस्थाले माइतीघरमा शिविर राखेर घाइतेहरूको प्राथमिक उपचार गरिरहेको अभियन्ता रोनेश प्रधानले जानकारी दिए।

Gen-G demonstration: Dozens of protesters were injured by gunfire

(01:34 PM)

जेन-जी प्रदर्शन : प्रधानमन्त्रीको गृहक्षेत्र दमकमा प्रहरीले चलायो गोली

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहक्षेत्र दमकमा प्रहरीले गोली चलाएको छ । जेन–जीहरूको प्रदर्शन उग्र बनेको भन्दै प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । जेन–जी प्रदर्शनका कारण अहिले दमक तनावग्रस्त बनेको छ ।

(01:25 PM)

बानेश्वरमा गोली चल्दै गर्दा गृहमन्त्री थिए संसदीय समिति बैठकमा, सूचनालगत्तै बैठकबाट बाहिरिए

भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका युवा पुस्ताको आन्दोलन भड्किएर  संसद् भवनभित्र प्रवेश गर्न लागेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीले गोली चलाएपछि  संसदीय समितिमा पुगेका गृहमन्त्री रमेश लेखक आकस्मिक बैठकका लागि भन्दै समितिबाट बाहिरएका छन् ।

जेनजी संसद् भवन छिरेपछि संसदीय समिति बैठक छाडेर  गृहमन्त्री लेखक बाहिरएको गृहमन्त्रीको सचिवलायले जनाएको छ । गृहमन्त्री लेखक नेपाल प्रहरी ऐनको संशोधनमाथि छलफल थियो ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सहभागी हुन गृहमन्त्री लेखक सिंहदरबार आएका थिए । पछिल्लो अवस्था बारे छलफल गर्न उपत्यकाका  आकस्मिक सुरक्षा बैठकका लागि  उनी समितिको बैठकबाटै बाहिरिएका हुन् । 

When the firing was going on in Baneshwar, the Home Minister was in a parliamentary committee meeting, and left the meeting after being informed

(01:23 PM)

राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु

माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि  कर्फ्यु घोषणा गरेको  जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ । 

Curfew also in sensitive areas including the presidential residence complex

(01:20 PM)

प्रदर्शनकारीले बनाए संसद् भवनको पर्खालमा भ्वाङ

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा  उत्रिएका प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संसद् भवनको पर्खालमा प्वाल बनाएका छन् ।

प्रदर्शनकारीले बानेश्वर चोकबाट मीनभवन जाने बाटो र  पुरानो बानेश्वर जाने बाटोमा रहेको संसद् भवनको पर्खालमा प्वाल बनाएका हुन् । केही मान्छेसमेत छिर्न सक्ने भ्वाङ बनाइएको छ । 

(01:10 PM)

पूर्वको बिर्तामोडदेखि पश्चिम धनगढीसम्म प्रदर्शन जारी

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा पूर्वको बिर्तामोडदेखि पश्चिम धनगढीसम्मका ठूला सहरमा सोमबार बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

राजधानी बाहिरका सबैजसो ठूला सहरहरुमा प्रदर्शनमा जारी छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेको, नेताहरु भ्रष्टाचारमा लिप्त भएकोलगायतका मुद्दा उठाउँदैप्रदर्शनमा भइरहेको हो । विस्तृत : उपत्यकाबाहिरका ठूला सहरमा पनि जेन–जीको प्रदर्शन

Demonstrations continued from Birtamode in the east to Dhangadhi in the west

(01:09 PM)

विराटनगरमा पनि उत्रिए जेन जी

सन् १९९७ देखि २०१२ भित्र जन्मिएका जेन-जी   सोमवार कोशी प्रदेशको राजधानी विराटनगरमा सडकमा उत्रिएका छन् । सरकारको भ्रष्टाचारविरुद्ध आक्रोश र सामाजिक सञ्जाल बन्दीकरणको विरोध गर्दै उनीहरूले प्रदर्शन गरे ।

प्लस–२ र कलेज तहका विद्यार्थीहरूको भनाइमा, सामाजिक सञ्जाल अब उनीहरूको पढाइ, विचार आदानप्रदान, र स्वतन्त्र अभिव्यक्तिको महत्त्वपूर्ण माध्यम बनिसकेको छ। तर सरकारले आलोचनात्मक स्वर दबाउन नेटवर्क बन्द गरेपछि उनीहरूलाई आफ्नो आवाज बुलन्द गर्न सडक रोज्न बाध्य भएको उनीहरूको दाबी छ। 'देश भ्रष्टाचारले थिलोथिलो भएको छ, तर आवाज उठाउन दिइएको छैन। हाम्रो पुस्ताको अध्ययन, सोच, र भविष्यमा सरकारकै नीतिले हस्तक्षेप गरिरहेको छ,' एक प्रदर्शनकारी विद्यार्थीको भनाइ थियो।

उनका अनुसार, यो आन्दोलन सरकारविरुद्धको असन्तोष मात्र होइन, अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुरक्षित राख्नको लडाइँ पनि हो। उनीहरूले चेतावनी दिएका छन् कि यदि सरकार युवाप्रति संवेदनशील नभए आन्दोलन अझ चर्किनेछ ।

(01:05 PM)

प्रहरीको गोली लागी कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाईते

बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई प्रहरीले चलाएको गोली लागेको छ । 

बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो।  

विस्तृत समाचार:  कान्तिपुरका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

(12:36 PM)

बानेश्वर क्षेत्रमा कर्फ्यू जारी

जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ। माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको हो। 

विस्तृत समाचार : कर्फ्यू : माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि

Curfew continues in Baneshwar area

(12:34 PM)

कर्फ्यू : माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि

जेन-जीको विरोध प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको छ।

सोमबार अपरान्ह १२:३० बजेदेखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गरेका हुन्। 

यी हुन् कर्फ्यू आदेश जारी भएको क्षेत्र

१. बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,

२. बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,

३. बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,

४. बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म

These are the four areas where curfew has been issued

(12:30 PM)

बानेश्वरको अवस्था तनावग्रस्त

प्रदर्शनमा उत्रिएका जेनजी संसद् भवनभित्र छिरेपछि बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।

केही प्रदर्शनकारी ब्यारिकेड तोडेर संसद् भवन परिसरभित्र छिरेका छन् । प्रहरीले संसद् भवनको दक्षिणी गेटतिर अश्रुग्यास प्रहार गरेको छ ।

(12:08 PM)

जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश

भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । बानेश्वर चोकबाट प्रहरीहरु पछी हटेका छन् ।

प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए ।

Gen-Ji Haru enters the Parliament building in Baneshwar

(12:01 PM)

जेन-जीले निषेधित क्षेत्र तोडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको जेन-जीको भीड नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।

माइतीघरबाट गएको र्‍यालीले बानेश्वरमा राखिएको ब्यारीगेड तोडेपछि प्रहरी रक्षात्मक बनेको हो। प्रहरीले सुरुवातमा पानीको फोहरा फ्याँकेको थियो भने त्यसले पनि भीड नियन्त्रण नभएपछि अश्रुग्यास प्रहार गरेको हो। प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ।

Jen-ji is tear gassed by the police after breaking the restricted area

(11:59 AM)

बानेश्वरमा झडप, स्थिती तनावपूर्ण

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा आन्दोलन गर्दै माइतीघरबाट बानेश्वर पुगेका प्रर्दशनकारी र प्रहरीबिच झडप भएको छ । प्रहरीले प्रर्दशनकारीमाथी अश्रु ग्यास प्रहार गरेको छ भने स्थिती तनावपुर्ण बनेको छ । 

(11:57 AM)

बानेश्वरमा जेन-जीले तोडे निषेधित क्षेत्र, प्रहरीद्वारा पानीको फोहरा प्रहार

 

जेन-जीले तोडे निषेधित क्षेत्र

 

भ्रष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका छन्। यहाँ प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्नेक्रममा ब्यारीकेड तोडेका हुन्। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ भने उनीहरूले प्रहरीलाई कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोत्तलले प्रहार गरेका छन्। प्रदर्शनकारीहरूले सरकारविरुद्व विभिन्न नाराबाजी गरिरहेका छन् ।

Gen-G breaks restricted area in Baneshwar, water fountain shot by police

(11:54 AM)

प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यास प्रहार

दुइ चरणको घेरा तोडेर प्रर्दशनकारीहरु संसद भवन अघि पुगेका छन् । बानेश्वरको एभरेष्ट होटलअघि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । अश्रु ग्यास प्रहार पनि सुरु भएको छ ।

(11:33 AM)

बुटवलमा पनि प्रदर्शनमा उत्रिए जेन-जी

सन्जु पौडेल/तिलोत्तमा

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयका विरुद्व जेन-जीहरूले बुटवलमा पनि प्रदर्शन गरेका छन्। 

सामाजिक सञ्जालमा आह्वान गरिएको आन्दोलनका लागि सोमबार स्वत:स्फूर्त जेन-जीहरू भेला भएका थिए। बिहान ९ बजे राजमार्ग चौराहाबाट सुरु भइ बुटवल  बहुमुखी क्याम्पसमा पुगेर प्रदर्शन समापन भएको थियो। प्रदर्शनमा ४ सयभन्दा बढीको सहभागिता रहेको थियो। आन्दोलनमा सहभागी बिन्दु भुसालले देशलाई  डुबाएर रमाइरहेको सरकारले नागरिकलाई दु:ख दिएको बताइन्। उनले आफूहरू स्वत: स्फूर्त सडकमा आएर अहिलेको भ्रष्टाचारी सरकार र उसको क्रियाकलापबारे आवाज उठाएको बताइन्। 

आन्दोलनमै सहभागी युवराज काफ्लेले युवा पुस्तामा अहिलेको सरकारप्रति बढिरहेको बितृष्णा नै आन्दोलनको पहिलो रुप भएको बताए। उनले सामाजिक संजालमाथि प्रतिबन्ध लगाउने सरकार ढुङ्गे युगमा नागरिकलाई लैजाने प्रयासमा रहेको जनाए । उनले भने, 'आन्दोलनलाई  मजाक सोच्ने सरकारलाई  युवाले छोडदैनन्। युवाले सडकमा अन्दोलनसहित नाराबाजी गरेका थिए।

Zen-G also performed in Butwal

(11:28 AM)

झरीका बीच बिर्तामोडमा जेन-जीको प्रदर्शन

बिर्तामोडमा सिमसिमे झरीका बीच जेन-जीले स्वतःस्फूर्त प्रदर्शन गरेका छन्।

सरकारले सामाजिक सञ्जाल बन्द गरेको, नेताहरु भ्रष्टाचारमा लिप्त भएको लगायतका मुद्दा उठाउँदै उनीहरूले वान–स्टप मल अगाडि नाराबाजी गरेका हुन्।

Zen-G's performance in Birtamode amidst the rain

(11:22 AM)

आन्दोलनमा आएका जेन-जीहरुले खोपडी र हड्डीको चित्र भएको झन्डा किन बोकेका हुन ?

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र करको दुरुपयोगको विरोधमा माइतीघरमा भेला भएका जेन-जीले एउटा फरक झन्डा प्रयोग गरिरहेका छन् । 

उनीहरुको हातमा पोस्टर प्लेकार्ड मात्रै छैन, एक विशेष झन्डा पनि देखिन्छ । कालो पृष्ठभूमिमा खोपडी र हड्डीको चित्र भएको त्यो झन्डाको आफ्नै कथा छ । त्यो कथा के हो र यसको आन्दोलनसँग के साइनो छ भनेर बुझ्न इकान्तिपुरमा प्रकाशित समाचार पढनुहोस : जेन-जीले किन बोके खोपडी र हड्डीको चित्र भएको झन्डा ?

Why did the gen-jis who came to the movement carry the flag with the picture of skull and bones?

(11:17 AM)

जेन-जीहरु किन सडकमा आइपुगे ? उनीहरुका माग के छन ?

पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झनै गति लियो । फलत: जेन-जीहरु सोमबार माइतीघर मण्डलामै भेला भए । 

‘टिकटक’, ‘रेडिट’ जस्ता सामाजिक सञ्जालबाट फैलिएको यो ट्रेन्ड कहाँबाट कसरी सुरु भयो ? अनि नेपालमा यो आन्दोलनमा को को कसरी जोडिएका छन र उनिहरुले के कस्ता मागहरु अघि सारिरहेका छन्  ? विस्तृतमा बुझ्नु ईकान्तिपुरमा प्रकाशित समाचार पढनुहोस : भ्रष्टाचारविरुद्ध जेन–जी : डिजिटलदेखि सडकसम्म



Why did Zen-ji come to the street? What are their demands?

(11:15 AM)

माइतीघर-बानेश्वर सडक पूर्ण अवरुद्ध

काठमाडौँको माइतीघरमा भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा भइरहेको प्रदर्शनका कारण माइतीघर-बानेश्वर सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।

माइतीघरबाट थापाथली, पुतलीसडक र बानेश्वरतर्फ जाने तीन वटै सडक जेन-जीले ढाकेका छन्। ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले करिब ४ हजारको संख्यामा युवाहरु भेला भएको बताएका छन् ।

'कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,' उनले भने, 'उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्नेछैनौं ।' 

(11:15 AM)

बानेश्वरको निषेधित क्षेत्र नजिक पुगे जेन-जी

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका जेन-जी बानेश्वरको निषेधित क्षेत्र नजिक पुगेका छन् । बिहान माइतीघरमा भेला भएका उनीहरु विभिन्न प्लेकार्ड बोकेर नाराबाजी गर्दै बानेश्वरतर्फ लागेका हुन् । अहिले उनीहरु प्रदर्शन गरिरहेका छन् ।

Gen-G approached Baneshwar's forbidden area

(11:07 AM)

सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारी निर्णयको असर कहाँ कहाँसम्म पुग्छ ?

नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्मलाई सरकारले निष्क्रिय बनाउने घोषणा त सरकारले गरेको छ । तर यसको प्रभाव कहाँ कहाँसम्म कसरी फैलिन्छ भन्नेमा सरकारले अनदेखा गरिरहेको देखिन्छ ।  नागरिकको अभिव्यक्ति स्वतन्त्रता वा दैनिक उपभोगसँग मात्र जोडिएको नभएर यसले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध र विभिन्न सूचकमा प्रभाव पार्ने विषयमा पनि विज्ञले चिन्ता जनाएका छन् ।

विज्ञहरुले पछिल्लो कदमले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि धूमिल पार्ने, विश्वका ठूला बहुराष्ट्रिय कम्पनीसँगको सम्बन्ध र हजारौं ‘कन्टेन्ट क्रिएटर’को जीवनमा प्रत्यक्ष प्रभाव पार्ने जस्ता गम्भीर असरहरु देखिनेछन् ।  अभिव्यक्ति स्वतन्त्रता, ई–गभर्नेन्स, इन्टरनेट स्वतन्त्रता र व्यवसायिक सूचकहरूमा नेपाल तल झर्ने जोखिम पनि उत्तिकै छ । 

यसबारे विस्तृतमा बुझ्न यो समाचार पढनुहोस: सामाजिक सञ्जाल निष्क्रिय पारेपछि अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध र सूचकहरूमा कस्तो असर पर्छ ?

Where will the impact of the government's decision to disable social media reach?

(10:55 AM)

बानेश्वरतर्फ अघि बढे जेन-जी

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरमा भेला भएका जेन-जीको प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले करिब ४ हजारको संख्यामा युवाहरु भेला भएको बताएका छन् । 'कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,' उनले भने, 'उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्नेछैनौं । बानेश्वरको निषेधित क्षेत्रसम्म उहाँहरु जान पाउनुहुन्छ ।'

(10:23 AM)

तस्बिरमा यस्तो देखियो जेन-जीको प्रदर्शन

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा जेन–जी पुस्ताको विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ। सोमबार बिहान ९ बजेदेखि काठमाडौँको माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन गरिरहेका छन्। पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो । उनीहरूले 'आवर फ्युचर इज नट फर सेल', से नो टु करप्सन, जेन-जी हेयर-फ्युचर क्लियर' जस्ता नारा उल्लेखित प्ले-कार्डहरू बोकेर प्रदर्शन गरिरहेका छन्।

तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Jen-G's performance begins at the funeral home [Photos]

(10:21 AM)

कलेज पोशाकमै आन्दोलनमा जेन-जी

काठमाडौँको माइतीघरमा भइरहेको जेन-जीको विरोध प्रदर्शनमा आएकाहरू कतिपय विद्यार्थी पोशाकमै छन्। उनीहरू कतिपय बिहान विद्यालय र कलेजको पढाइ सकेर आएका छन् भने कतिपयले कक्षा छोडेरै आन्दोलनमा आएको बताएका छन्।

Zen-ji in the movement to leave the class

(10:13 AM)

कावासोतीमा पनि जेन-जीको प्रदर्शन

कावासोतीमा पनि विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी भ्रष्टाचारको विरोधमा उत्रिएका छन् । कावासोतीको मध्यविन्दु, कुमारवर्ती र लुम्बिनी कलेजमा अध्ययनरत विद्यार्थी कावासोतीस्थित महेन्द्र राजमार्गमा प्रर्दशनमा छन् । भ्रष्ट सरकार मुर्दावाद, हाम्रो कर फिर्ता गर, भ्रष्टाचारी सार्वजनिक गर, जेन-जी आन्दोलन हाइहाई जस्ता नारा उनीहरुले लगाएका छन् । काठडौंमा आजदेखि सुरु भएको जेन-जीको आन्दोलनको सर्मथनमा कावासोतीमा पनि प्रर्दशन गरिएको विद्यार्थी नेता सुदीप चापागाईले जानकारी दिए ।

Performance of Zen-G also on Kawasaki

(10:08 AM)

जेन-जीको नारा : 'आवर फ्युचर इज नट फर सेल'

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा उत्रिएका जेन-जीले काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले 'आवर फ्युचर इज नट फर सेल', 'से नो टु करप्सन', 'जेन-जी हेयर-फ्युचर क्लियर' जस्ता प्ले-कार्ड बोकेका छन् । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो।

Jen-G's Slogan: 'Our Future Is Not For Sale'

कान्तिपुर

Link copied successfully