ट्रमा सेन्टरमा मृत्यु भएका ५ जनाको सनाखत

काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको छ । त्यस्तै इटहरीमा २ जनाको मृत्यु भएको छ ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Identification of 5 people who died in trauma center

काठमाडौँ — सोमबार जेन-जीहरूको आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ५ जनाको सनाखत भएको छ । काठमाडौंमा मात्रै प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ ।

तीमध्ये ५ जनाको सनाखत भएको छ । ट्रमा सेन्टरका अनुसार ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, अन्दाजी २८/२९ वर्षीय गौरव जोशी र अन्दाजी २८/२९ वर्षकै स्टप अधिकारीको मृत्यु भएको छ ।

अन्य तीन जनाको भने सनाखत भएको छैन । ३ जनालाई मृत ल्याइएको र बाँकीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

त्यस्तै प्रदर्शनका क्रममा इटहरीमा २ जनाको मृत्यु भएको छ । 

कान्तिपुर

Link copied successfully