'देश बनाउन गएको हो, गोली खान गएको थिइनँ'

हाम्रो के गल्ती थियो । केही गरेको छैन, सिधा गोली प्रहार ।'

भाद्र २३, २०८२

विवेक पोख्रेल

'I went to build the country, I didn't go to shoot'

काठमाडौँ — धरानका आमन मगर(२३ वर्ष) दुई वर्षअघि मात्र काठमाडौं आएका हुन् । काठमाडौंको सुन्धारामा डेरा लिएर बस्ने उनी काम भने मार्केटिङको गर्थे । सोमबार भ्रष्टाचारविरोधी आन्दोलनमा उनी देश बन्छ भनेरै गएका हुन् । 

आफू देश बनाऔँ भनेर जाँदा गोली खाएको उनी बताउँछन् । ट्रमा सेन्टरमा भेटिएका उनको हातमा गोली लागेको छ । उनी भन्छन्, 'राम्रो देश बन्नु पर्‍यो, मेरो माग यही हो  । देश बनाऔँ भनेर गएको हो, गोली खान होइन ।'

बानेश्वरमा आकाशे पुलमा उभिएका उनले ढुंगामुढा नगरेको बताउँछन् । उनी भन्छन्, 'हाम्रो के गल्ती थियो । केही गरेको छैन, सिधा गोली प्रहार ।' डाक्टरले अपरेसन गर्नुपर्छ भनेको आमनले कान्तिपुरलाई बताए । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully