माओवादीले भन्यो : यो सरकारको औचित्य सकियो 

गोरखाको आरुघाटमा मध्यपहाडी राजमार्ग अभियान स्थगित गरी आकस्मिक रूपमा पदाधिकारी बैठक बसी माओवादीले सरकारको औचित्यमाथि प्रश्न उठाएको हो ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Maoist said: This government's rationale is over

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीले जेन–जीको आन्दोलनमा दमन गर्दा डेढ दर्जन युवाहरुको मृत्यु र दुई सयभन्दा बढी घाइते भएको घटना गम्भीर भन्दै सरकारको औचित्य सकिएको बताएको छ । गोरखाको आरुघाटमा मध्यपहाडी राजमार्ग अभियान स्थगित गरी आकस्मिक रूपमा पदाधिकारी बैठक बसी माओवादीले सरकारको औचित्यमाथि प्रश्न उठाएको हो ।

‘जायज माग र सपना बोकेर आन्दोलनमा उत्रिएका युवाहरूमाथि गोली चलाएर डेढ दर्जन युवाको गोलीबाट मृत्यु र दुई सय बढी घाइते बनाएको अवस्थाले सरकारको औचित्य सकिएको छ,’ पदाधिकारी बैठकमा अनौपचारिक रूपमा छलफलको निष्कर्ष छ ।

मंगलबार बिहान पदाधिकारी बैठकमा यो घटनाबारे विश्लेषण गरी निर्णय लिने प्रवक्ता अग्नि सापकोटाले बताए । 'युवालाई गोली हानेर हत्या गर्‍यो । जटिल हो । सरकारले बल प्रयोग गरेकै हो । युवाहरूमाथि गोली प्रहार गरी जनआन्दोलन २ मा भन्दा बढी युवाको मृत्यु भएको छ,’  सापकोटाले भने,  ‘यो संघीय लोकतान्त्रिक व्यवस्था व्यवस्था बचाउने हो भन केपी ओलीले सरकार छाड्नुपर्छ । संसद्बाट निकास निकाल्नुपर्छ ।’

कान्तिपुर

Link copied successfully