सरकारको औचित्य सकियो, कांग्रेसले तत्काल सत्ता छाड्नुपर्छ : कोइराला

‘अब एउटा गृहमन्त्रीले राजीनामा दिनुको कुनै अर्थ छैन, कांग्रेस सरकारबाटै अलग हुनुपर्छ, यो सरकारमा अब एकछिन पनि रहन हुन्न’ – कांग्रेस नेता शेखर कोइराला

भाद्र २३, २०८२

कुलचन्द्र न्यौपाने

Government's rationale is over, Congress should leave power immediately: Koirala

काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले सरकारको औचित्व समाप्त भएको भन्दै तत्काल कांग्रेसले सरकार छाड्नुपर्ने बताएका छन् । उनले राजाको कालमा पनि नभएको दमन वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै कांग्रेस अब सरकारमा बसिरहन नमिल्ने बताए ।

‘अब एउटा गृहमन्त्रीले राजीनामा दिनुको कुनै अर्थ छैन, कांग्रेस सरकारबाटै अलग हुनुपर्छ, यो सरकारमा अब एकछिन पनि रहन हुन्न’ कोइरालाले कान्तिपुरसँगको कुराकानीमा भने । करको दायरामा आएका सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णय आफ्नो अलोकप्रिय काम छोप्नका लागि मात्रै भएको कोइरालाको भनाइ थियो ।

‘जेन–जीहरुको निकालेको शान्तिपूर्ण आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर राजाको शासनमासमेत नभएको घटनाको झल्को दिएको छ, यो कदम निरंकुश र अधिनायकवादको पराकाष्ठा हो, तत्काल जेन–जीहरुको माग पूरा गरिनुपर्छ,’ कोइरालाले भने,‘भ्रष्ट्राचार आजको आम नागरिकको मुद्दा हो । यसलाई निर्मूल गर्ने बाटो नसमात्ने हो भने मुलुक अर्को द्वन्द्वको चपेटमा जान सक्ने अवस्था बन्छ ।’ 

कुलचन्द्र न्यौपाने

Link copied successfully