भरतपुरमा १५ राउन्ड अश्रुग्यास र २ राउन्ड हवाई फायर

केही प्रदर्शनकारी गाेली लागेर घाइते भएकाे चर्चा चले पनि प्रमुख जिल्ला अधिकारी अर्यालले त्यसाे नभएकाे बताएका छन् ।

भाद्र २३, २०८२

रमेशकुमार पौडेल

15 rounds of tear gas and 2 rounds of aerial fire at Bharatpur

चितवन — भरतपुर महानगरपालिका कार्यालय अगाडि साेमबार दिउँसाेदेखि भएकाे युवाकाे प्रदर्शनमा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ ।

प्रदर्शनका क्रममा ६ जना प्रदर्शनकारी र ४ प्रहरी घाइते भएको प्रशासनले जानकारी दिएको छ । घाइतेकाे अवस्था सामान्य रहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

भरतपुरमा केही प्रदर्शनकारी गाेली लागेर घाइते भएकाे चर्चा चले पनि प्रमुख जिल्ला अधिकारी अर्यालले त्यसाे नभएकाे बताए । 'भरतपुर महानगरपालिकाभित्र रहेका प्रहरीलाई बाहिर आउन राेकेपछि प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार भयाे । त्यसपछि पनि अवराेध नहटेपछि दुई राउन्ड हवाई फायर भएको हाे,' प्रमुख जिल्ला अधिकारी अर्यालले भने । उनले १५ राउण्ड अश्रुग्यास प्रहार गर्नु परेकाे बताए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully