कांग्रेस केन्द्रीय सदस्यले भने : गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ

बानेश्वर र इटहरीमा जेन-जीको भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Congress central member said: Home Minister should resign immediately

काठमाडौँ — कांग्रेसकै केन्द्रीय सदस्य गोविन्द पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन । पोखरेलले सामाजिक संजालमा गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्ने बताए ।

‘गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ, नदिए पार्टीले फिर्ता बोलाउनु पर्यो’ पोखरेले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

भ्रष्टाचारविरोधी र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खुला हुनुपर्ने भन्दै जेन-जीले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । त्यस्तै इटहरीमा पनि प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully