दमकस्थित प्रधानमन्त्री ओलीको घरमा ढुंगामुढा

दमकस्थित ओली निवासमा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका हुन् ।

भाद्र २३, २०८२

नवराज सुवेदी

Dhungamudha at Prime Minister Oli's house in Damak

झापा — दमक नगरपालिकास्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा भएको छ । दमकस्थित ओली निवासमा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका हुन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ ।

प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्गसमेत टायर बालेर अवरुद्ध गरेका छन्। क्याम्पस गेटदेखि चियादोकानसम्म तीन ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ। करिब आधा घण्टादेखि राजमार्ग अवरुद्ध बनेको छ।

यसअघि दमकमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा करिब १० जना घाइते भएका छन्। यसैगरी प्रहरीले बिर्तामोडमा पनि गोली चलाइरहेको छ ।

सोमबार दिउँसो दमक नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र आगजनीपछि आन्दोलनकारी प्रधानमन्त्री ओलीको निवासतर्फ लागेका थिए ।

नवराज

Link copied successfully