प्रहरीको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
इटहरी — इटहरीमा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएका दुई जना गम्भीर घाइतेमध्ये एक जनाको मृत्यु भएको हो ।
इटहरी उपमहानगरपालिका कार्यालय अगाडि दिउँसोदेखिको प्रदर्शन नियन्त्रणमा नआएपछि साढे ३ बजेदेखि कर्फ्यु लगाइएको थियो । त्यसपछि पनि प्रदर्शन नरोकिएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको हो ।
