जेन-जीको दैनिकी बनेको सामाजिक सञ्जाल तुरुन्त खोल्नु नै निकास : प्राध्यापक खनाल

प्राध्यापक कृष्ण खनाल भन्छन् : कुनै पनि आन्दोलनलाई अन्डरमाइन गर्न मिल्दैन । यो आन्दोलनले सरकारलाई दबाब पुयो होला । अब माग सम्बोधन गर्न ढिलाइ गर्न हुँदैन ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

The solution is to immediately open the social network that has become the daily life of Zen-ji: Professor Khanal

What you should know

काठमाडौँ — राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले जेन-जीको दैनिकी बनेको सामाजिक सञ्जाल तुरुन्त खोलेर पहिलो निकास दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल आएपछि खुला समाजमा हुर्किएका पुस्ता यो बन्द भएपछि सडकमा ओर्लिएकाले पहिलो चरणमा त्यसको समाधान गर्नुपर्ने उनको भनाइ छ ।

जेन-जीले उठाएका माग जायज भएको उल्लेख गर्दै उनीहरुका माग सरकारले सुन्नुपर्ने बताए । ‘हामी खुला समाजमा छौँ । जेनजी खुला समाजमा हुकेको हुनाले सामाजिक सजाल दैनिकी बनेको छ,’ उनले भने, ‘सामाजिक सजाल बन्द गर्ने कुरा स्वीकार हुन सक्दैन । सरकारले सामाजिक सञ्जाल तुरुन्त खोल्नुपर्छ ।’

सरकारले जेन-जीको पहिलो माग सामाजिक सञ्जाल खोल्ने माग पुरा नगरे यसको गन्तव्य भन्न नसकिने बताए । ‘कुनै पनि आन्दोलनलाई अन्डरमाइन गर्न मिल्दैन । यो आन्दोलनले सरकारलाई दबाब पुयो होला । अब माग सम्बोधन गर्न ढिलाइ गर्न हुँदैन,’ उनले जेन-जीको प्रदर्शन दुरुपयोग हुने कुरामा सचेत हुनुपर्ने बताए, ‘राजनीतिक उद्देश्यका लागि दुरुपोग हुने संभावना देखिन्छ । यमास ठूलो सचेतनाको आवश्यकता छ ।’

तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकमा संकटकाका बेला टेलिफोन, मोबाइल बन्द गर्दा यस्तै उकुसमुकुस भएको स्मरण गर्दै उनले शासकहरूले सञ्चार क्षेत्र बन्दा गर्दा परिणाममा ख्याल नगरेको बताए

‘तत्कालीन राजाले संकटकाल लागू भएको बेला टेलिफोन बन्द गर्दा यस्तै स्थिति आएको थियो,’ उनले भने, ‘सामाजिक सञ्जाल बन्दा गर्दा परिणाम के हुन सक्छ भन्ने सरकारले सोचेको देखिएन ।’ उनले निरन्तर आन्दोलन भए अरु माग थपिँदै जाने पनि बताए । ‘आन्दोलनमा गइसकेपछि सुरुमा थोरै माग हुन्छन् । आन्दोलनलाई निरन्तरता दिए माग थपिन सक्छन् ।’

खनालले मलुकमा देखिएका भ्रष्टाचार, बेथति, सुशासन, रोजगारीलागयतका मुद्दा धेरै भएको बताए । ‘मुलुकमा देखाउनुर्पे बेथिति कमी छैन । भ्रष्टाचारदेखि अनेक कुरा छन्,’ उनले भने, ‘सामाजिक सञ्जालसम्बन्धी कानुन बनाएर यसलाई नियमन गर्न सक्छ ।’

कान्तिपुर

Link copied successfully