कर्फ्युपछि नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन

कर्फ्यु आदेश जारी भएसँगै बानेश्वरमा सेना परिचालन भएको हो ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Army deployment in New Baneshwar area after curfew

काठमाडौँ — कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भएको छ । संसद् घेराउ गर्नका लागि जेन जी प्रदर्शनकारी पुगेपछि र ढुंगामुढा गरिएपछि काठमाडौं जिल्ला प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो ।

कर्फ्यु आदेश जारी भएसँगै बानेश्वरमा सेना परिचालन भएको हो ।जिल्ला प्रशासन कार्यालयले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ ।

त्यस्तै राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ । शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully