जेन-जी प्रदर्शन : राष्ट्रिय सभा बैठक स्थगित

संसद् भवन नयाँ बानेश्वरलाई जेन-जी प्रदर्शनकारीले घेराउ गरेको अवस्थामा राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Gen-G Demonstration: National Assembly meeting adjourned

काठमाडौँ — राष्ट्रिय सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो सवा १ बजेका लागि बोलाइएको थियो । 

संसद् भवन नयाँ बानेश्वरलाई जेन-जी प्रदर्शनकारीले घेराउ गरेको अवस्थामा राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । 

राष्ट्रिय सभाको अर्को बैठक बुधबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully