बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला पत्रकार श्रेष्ठलाई प्रहरीले चलाएको गोली लागेको हो।
काठमाडौँ — कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ।
बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो। उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ।
बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो।
