जेन-जीले निषेधित क्षेत्र तोडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

प्रहरीले सुरुवातमा पानीको फोहरा फ्याँकेको थियो भने त्यसले पनि भीड नियन्त्रण नभएपछि अश्रुग्यास प्रहार गरेको हो।

भाद्र २३, २०८२

विवेक पोख्रेल

Jen-ji is tear gassed by the police after breaking the restricted area

काठमाडौँ — भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको जेन-जीको भीड नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।

माइतीघरबाट गएको र्‍यालीले बानेश्वरमा राखिएको ब्यारीगेड तोडेपछि प्रहरी रक्षात्मक बनेको हो। प्रहरीले सुरुवातमा पानीको फोहरा फ्याँकेको थियो भने त्यसले पनि भीड नियन्त्रण नभएपछि अश्रुग्यास प्रहार गरेको हो। प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ।

जेन-जीको प्रदर्शन

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully