झरीका बीच बिर्तामोडमा जेन-जीको प्रदर्शन

सरकारले सामाजिक सञ्जाल बन्द गरेको, नेताहरु भ्रष्टाचारमा लिप्त भएको लगायतका मुद्दा उठाउँदै उनीहरूले वान–स्टप मल अगाडि नाराबाजी गरेका हुन्।

भाद्र २३, २०८२

नवराज सुवेदी

Zen-G's performance in Birtamode amidst the rain

झापा — बिर्तामोडमा सिमसिमे झरीका बीच जेन-जीले स्वतःस्फूर्त प्रदर्शन गरेका छन्।

सरकारले सामाजिक सञ्जाल बन्द गरेको, नेताहरु भ्रष्टाचारमा लिप्त भएको लगायतका मुद्दा उठाउँदै उनीहरूले वान–स्टप मल अगाडि नाराबाजी गरेका हुन्।

विद्यालय पोशाकमै आएका विद्यार्थीहरूको उपस्थिति उल्लेख्य देखिएको छ। प्रदर्शनको नेतृत्व ‘युथ अफ झापा’ले गरिरहेको जनाइएको छ।

नवराज

Link copied successfully