नाराबाजीसहित बानेश्वरतर्फ अघि बढे जेन-जी

बानेश्वरको निषेधित क्षेत्रसम्म उनीहरुलाई जान दिइने प्रहरीले जनाएको छ ।

भाद्र २३, २०८२

विवेक पोख्रेल

Gen-ji marched towards Baneshwar with slogans

काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरमा भेला भएका जेन-जीको प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । 

सोमबार बिहान ९ बजेदेखि उनीहरु माइतीघरमा भेला भएका थिए । विभिन्न प्लेकार्ड बोकेका उनीहरु नाराबाजी गर्दै बबरमहल पुगेका छन् । 

उनीहरुले 'आवर फ्युचर इज नट फर सेल', से नो टु करप्सन, जेन-जी हेयर-फ्युचर क्लियर' जस्ता प्लेकार्ड बोकेका छन् । 

प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले करिब ४ हजारको संख्यामा युवाहरु भेला भएको बताएका छन् । 'कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,' उनले भने, 'उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्नेछैनौं । बानेश्वरको निषेधित क्षेत्रसम्म उहाँहरु जान पाउनुहुन्छ ।'

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully