जेन-जीको नारा- 'आवर फ्युचर इज नट फर सेल'

आन्दोलन शान्तिपूर्ण रुपमा भइरहेको छ। तर उनीहरूले प्रदर्शनमा रोचक नाराहरू लेखिएका प्ले-कार्डसहित प्रदर्शन गरिरहेका छन्।

भाद्र २३, २०८२

दीपक केसी

काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा उत्रिएका जेन-जीहरूले काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। आन्दोलन शान्तिपूर्ण रुपमा भइरहेको छ। तर उनीहरूले प्रदर्शनमा रोचक नाराहरू लेखिएका प्ले-कार्ड देखाएका छन्। उनीहरूले 'आवर फ्युचर इज नट फर सेल', से नो टु करप्सन, जेन-जी हेयर-फ्युचर क्लियर' जस्ता प्ले-कार्डहरू बोकेका छन्।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully