दुई छोरीसहित जेन-जीको आन्दोलनमा आएकी आमा

२८ र २२ वर्षका दुई छोरी लिएर आन्दोलनमा आइपुगेकी रजनी भन्छिन्- 'यो आन्दोलनले नतिजा दिन्छ भन्ने लागेको छ ।'

भाद्र २३, २०८२

विवेक पोख्रेल

A mother who came to Zen-ji's movement with her two daughters

काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरमा भेला भएका जेन-जी पुस्तामाझ एउटा फरक अनुहार देखियो । उनी थिइन्, ५३ वर्षीया रजनी राणा । २८ र २२ वर्षका दुई छोरी लिएर उनी आन्दोलनमा आइपुगेकी थिइन् ।

उनले आज घरमा पकाइतुल्याईको काम श्रीमान्‌लाई जिम्मा लगाएर जेन-जीहरुको आन्दोलनमा साथ र समर्थन गर्न छोरीहरुसहित आएको बताइन् । २०६२/६३ को जनआन्दोलनमा पनि सडकमा आएको र फेरि परिवर्तनका लागि आउनुपरेको उनको भनाइ छ ।

कान्तिपुरसँग कुरा गर्दै उनले भनिन्, 'यसअघि पनि कैयौं आन्दोलन भए । तर यो आन्दोलनले नतिजा दिन्छ भन्ने लागेको छ ।' उनले जेन-जी हरुले स्वार्थरहित आन्दोलन गरेको भन्दै यसले केही न केही निष्कर्ष निकाल्ने बताइन् । 

डिजिटल प्लाटफर्मबाट सुरु भएको यो आन्दोलन माइतीघर हुँदै बानेश्वर पुगेको छ । 

सम्बन्धित अन्य समाचार  

  • भ्रष्टाचारविरुद्ध जेन–जी : डिजिटलदेखि सडकसम्म
  • सामाजिक सञ्जाल बबन्दको प्रभाव : अनलाइन व्यापार ठप्प बन्दा मारमा सञ्चालक र श्रमिक
  • सामाजिक सञ्जाल निष्क्रिय पारेपछि अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध र सूचकहरूमा कस्तो असर पर्छ ? 
  • विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

    Link copied successfully