घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ — बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्।
घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
हामी नेपाल संस्थाले माइतीघरमा शिविर राखेर घाइतेहरूको प्राथमिक उपचार गरिरहेको अभियन्ता रोनेश प्रधानले जानकारी दिए।
'माइतीघरमा ६/७ जना साथीहरूको उपचार भइरहेको छ,' उनले भने,'सबैभन्दा धेरै घाइतेहरू एभरेष्ट अस्पतालमा हुनुहुन्छ। कति घाइते भए भनेर यकिन गर्न सकिएको छैन।'
