इटहरीमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप 

झडपमा प्रदर्शनकारी र केही प्रहरी घाइते भएका छन् ।

भाद्र २३, २०८२

अर्जुन सुवेदी

Clashes between protesters and police also in Itahari

सुनसरी — भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै इटहरीमा बिहान ११ बजेदेखि प्रदर्शनमा उत्रिएका जेन–जी र प्रहरी बीच दिउँसो झडप भएको छ ।

इटहरी उपमहानगर कार्यालय अगाडि भएको प्रदर्शन उग्र बन्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको थियो । झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ केही घाइते भएका छन् ।

अश्रुग्यास प्रहारपछि केहीबेर प्रदर्शनकारी तितरबितर भए पनि फेरि प्रदर्शन भइरहेको छ ।

अर्जुन सुवेदी

Link copied successfully