दमकमा गोली लागेका युवकलाई बीएण्डसी पठाइयो, अस्पतालमा घाइते आउने क्रम जारी

आन्दाेलनकारीले दमक नगरपालिकाकाे कार्यालय कब्जामा लिन खाेजेपछि प्रहरीले बल प्रयाेग गरेकाे जनाएको छ।

भाद्र २३, २०८२

नवराज सुवेदी

The young man who was shot in the fire extinguisher was sent to B&C, the injured continue to arrive at the hospital

झापा — प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनालाई थप उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको छ ।

आन्दाेलनकारीले दमक नगरपालिकाकाे कार्यालय कब्जामा लिन खाेजेपछि प्रहरीले बल प्रयाेग गरेकाे जनाएको छ।

अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार देब्रे खुट्टामा गोली लागेर अस्पताल ल्याइएका २६ वर्षीय युवकको अवस्था गम्भीर भएपछि बिएण्डसी अस्पताल रिफर गरिएको हो ।

उनका अनुसार थप दुई जनाको भने दमक अस्पतालमै उपचार भइरहेको छ । अन्य घाइते पनि आउने क्रम जारी रहेको उनले बताए । जेनजी आन्दोलनका कारण तनावग्रस्त बनेको दमकमा अझै धेरै प्रदर्शनकारीहरु घाइते भएको आँकलन छ ।

दमकको अवस्था अझै नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो समय सशस्त्र प्रहरीसहित थप प्रहरी परिचालन गरेर यहाँ स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

नवराज

Link copied successfully