कतिपय बेड बाहिर निकालेर घाइतेको उपचार भइरहेको छ ।
काठमाडौँ — बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका घाइतेले नजिकका दुई अस्पताल भरिभराउ भएका छन् । सिभिल र एभरेस्ट अस्पतालमा दर्जनौं एम्बुलेन्सले घाइते ओसारेका छन् ।
अस्पतालभित्रका अरु बिरामीलाई उठाएर प्रदर्शनकारी घाइतेलाई राखिएको छ । कतिपय बेड बाहिर निकालेर घाइतेको उपचार भइरहेको छ । सडकमा प्रहरीले हानेको अश्रुग्यास सिभिल अस्पतालसम्म पुगेको छ ।
